टोकियो, मंसिर, २१ ।
टोकियोमा एक जना नेपाली विधार्थी सुरज मल्लको उपचारका क्रममा निधन भएको छ । सुदुरपश्चिमको डढेल्धुरा जिल्ला भद्रपुर -५ घर भई दुई बर्ष अघि विधार्थी भिषामा जापान आएका २५ वर्षिय मल्लको डिसेम्बर १ तारिख उपचारका क्रममा दु:खद निधन भएको हो ।
सुजन मल्लको आफन्तले यही डिसेम्बर ४ तारीक बुधवारको दिन एनआरएनए जापान को फेसबुक पेज मार्फत मेसेज पठाई उक्त व्यक्ति हराएको र खोजी गरीदिन आग्रह गरेको र खोजि नीति गर्दै जादा निज सुरज मल्ल भन्ने व्यक्ति नोभेम्बर २४ तारीकको दिन इकेबुक्रोको तोबू डिपार्टमेन्टल स्टोर नजिक बस्त्र बिहीन अवस्थामा हिडी रहेकोबेला पोलीसले पक्राउ गरेर हिरासतमा लिएको थियो ।
नोभेम्बर ३० तारिख राति श्वास फेर्न समस्या आएपछि उनलाई इताबासी स्थित निहोन यूनिभर्सिटी अस्पतालमा भर्ना गरिएको र आकस्मिक शल्यक्रियाकै क्रममा आइतबार बिहान ११ बजे निधन भएको प्रहरीले जनाएको छ ।अस्पतालस्रोतका अनुसार मल्लको ‘नेक्रोटाइजिङ एन्ट्रोकोलाइटिस ‘ का कारण निधन भएको बुझिएको छ ।
यसैबिच जापानमा कृयाशिल सामाजिक संस्था सुदुरपश्चिमेली समाज जापानले शनिबार देखि स्वर्गिय मल्लको अनत्येस्टिका लागि आर्थिक सहयोग संकलन गर्ने समाजका अध्यक्ष एकेन्द्र थापाले जनाएका छन ।
साथै समाजले जापानका सबै सामाजिक संघ संस्था तथा सर्बसाधारणमा सहयोगका लागि हार्दिक अपिल पनि गरेको छ ।
समाजले समाजको जापान हुलाक खाता १०१०० -९१२८२९२१ मा सहयोग रकम जम्मा गर्न सकिने जनाएको छ
।
यसैबिच एनआरएनए जापानले पनि स्वर्गिय मल्लको अनत्येस्टिका लागि सबैमा सहयोगको अपिल गरेको छ। एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारीले मल्लको सहयोगका लागि आफुहरु लागिपरेको जनाएका छन ।
निजको आफन्त भिनाजु बिनय मल्ल पनि जापानको चिवामा बस्ने र हाल नेपाल भएको र मृतकको बुबासंग कुरा भयनुसार , बुबानै जापान आई सतिगति गर्ने भनेपछी इकेबुक्रो पुलिस स्टेसन बाट मृतु भयको सम्बन्धि आवस्यक कागज पत्र बनाई पठाईसकेको र एम्बेसीले पनी परराष्ट्र मार्फत आवस्यक कागज पठायकोले मृतकको बुबाको १५ दिने भिजा लागेको एनआरएनए जापानका अध्यक्ष देबिलाल भण्डारीले जानकारी गराऊनु भयो । भोलीनै वहा जापान आउँन लाग्नु भएको जानकारी गराउदई निज पढ्ने स्कुलमा पनी कुरा भएको र निजले १ वर्षको फिस तिरीसकेकोले उक्त रकम फिर्ता गर्न पहल भैरहेको पनी अध्यक्ष भण्डारीले जानकारी गराउनु भयो ।