
बेलायत, मंसिर २१।

‘मिस नेपाल वर्ल्ड’ अनुष्का श्रेष्ठ अहिले लण्डनमा छिन् । डिसेम्बर १४ मा हुन लागेको ‘मिस वर्ल्ड’मा उनले नेपालको प्रतिनिधित्व गर्दैछिन । उनले विश्वभरबाट आएका १ सय २४ सुन्दरीसँग प्रतिष्पर्धा गरिरहेकी छिन् ।

अहिले ‘मिस वर्ल्ड’को लागि भोटिङ चलिरहेको छ । विभिन्न देशका सुन्दरीहरु आफ्नो भोट बढाइरहेका छन् । यस्तैमा नेपाली सुन्दरी अनुष्का श्रेष्ठ भोटिङको दोस्रो स्थानमा रहेको सामाजिक संजाल फेसबुकबाट जानकारी गराईरहेकी छिन् । यो समाचार तयार पार्दासम्म अनुष्काले १२.६ प्रतिशत भोट पाएकी छिन् । पहिलो स्थानमा रहेकी भियतनामकी सुन्दरी लोअङ थुय लिंहले १२.८९ प्रतिशत भोट पाएकी छिन् ।

नेपाली सुन्दरीको भोटमा बङ्गलादेशी सुन्दरीले पछ्याएकी छिन् । बङ्गलादेशकी सुन्दरी रफह तेर्साको भोट प्रतिशत ११.६ छ । अन्य देशका प्रतिस्पर्धीहरु भोटमा धेरै नै पछि छन् । तर, अनुष्कालाई भोटिङमा दोश्रो स्थानमा रहेर मात्र पुग्दैन । भोटिङमा पहिलो स्थानमा रहने सुन्दरी उत्कृष्ट २० मा सोझै पुग्नेछिन् । सर्वाधिक भोट ल्याउने सुन्दरीले ‘मल्टिमिडिया अवार्ड’ जित्नेछिन्, जसलाई उनलाई उत्कृष्ट २० मा सोझै पुर्याउनेछ ।

भोट गर्ने एलदमै सजिलो तरिका तल उल्लेख गरिएको छ ।
भोटको लागि तल दिइएको Link खोलेर mobstar नाम गरेको app डाउनलोड गर्नुहोस।
Iphone मा Mobstar Download गर्न : https://apps.apple.com/us/app/mobstar/id921146241
Android मा Mobstar Download गर्न: https://play.google.com/store/apps/details?id=com.mobstar
१. Play store बाट FREE मा Mobstar Application डाउनलोड गर्नुहोस् !
२. तपाईंको Facebook account अथवा email को सहायताले Mobstar account खोल्नुहोस र login गर्नुहोस !
३. Account login भइसकेपछि माथि search मा click गरेर search को ठिक तल पट्टी देखाउने option हरु मध्ये option लाई left मा सारेर “people ” option मा click गर्नुहोस र “Anushka Shrestha ” टाइप गरेर त्यहा आउने धेरै नामहरु मध्ये तल माथि सारेर Anushka Shrestha – Miss World Nepal लेखिएको ताज लगाएको फोटो भएको verified profile छानेर open गर्नुहोस! Verified profile मा यस्तो ✔️ sign हुन्छ!
४. उनको Mobstar account मा गएर Follow गर्नुहोस।
५. अनुष्काको हरेक फोटो र पोस्टहरुलाई दायाँ (right ) सार्दै 👉🏼 like गर्नुहोस । र कमेन्ट बक्समा गएर कमेन्ट गर्नुहोस।
कृपया फेसबुकमा मात्र लाइक शेयर होइन मिस नेपालको अफिसियल एप Mobstar मा गएर नेपाली चेलीलाई भेट गरौँ।
सम्बन्धित समाचार यो पनि पढ्नुहोस ।
