चार्टर फ्लाईटमा संलग्न कोरोना संक्रमित निगमका १४ कर्मचारी कोरोनामुक्त भई घर फर्किए

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  600 पटक हेरिएको

काठमाडौँ, साउन ४ ।  

कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएका नेपाल वायु सेवा निगम ९नेपाल एयरलाइन्स० का १४ उडान कर्मचारी संक्रमणमुक्त भई घर फर्किएका छन् । विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धार उडानमा खटिँदा कोरोना सङक्रमण पोजेटिभ देखिएका निगमका चार पाइलटसहित १४ जना क्याबिन क्रू मेम्बर उपचारपछि घर फर्किएका हुन् । उनीहरू गत शुक्रबार कोरोनामुक्त भएर घर फर्किसकेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो ।

विदेशमा अलपत्र नेपाली स्वदेश फर्काउनका लागि भएको चार्टर्ड उडानमा संलग्न ती कर्मचारीमा गत असार २२ गते पीसीआर रिपोर्ट पोजेटिभ देखिएको थियो । करिब दुई सातापछि उनीहरूको पुनः पीसीआर परीक्षण गर्दा नेगेटिभ देखिएपछि आ–आफ्नो घर फर्किएको उहाँले बताउनुभयो ।

कोरोना सङक्रमण देखिएपछि निगमका उडान कर्मचारीलाई सुरुमा बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा दुई दिन र ह्याम्स अस्पतालमा छ दिन राखिएको थियो । देशले खटाएको उद्धार उडानमा साहसिक जिम्मेवारीमा खटिने आफ्ना उडान कर्मचारीप्रति निगमले हार्दिक आभार व्यक्त पनि गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार