लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा १२ जना संक्रमितको मृत्यु, शब ब्यबस्थापनमा समस्या

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  531 पटक हेरिएको

बुटवल, वैशाख २८ ।

लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ जना रुपन्देहीका, ३ जना कपिलवस्तुका तथा नवलपरासी पश्चिम र प्युठानका एक–एक जना छन् । मृतक १२ मध्ये ११ जना पुरुष र एकजना महिला हुन् ।

उनीहरुमध्ये ५ जनाको गएराति १२ बजे यता बिहानसम्म, ४ जनाको सोमबार दिउँसो साढे ४ बजेपछि राति १२ बजेसम्म, २ जनाको २६ गते र एकजनाको २४ गते दिउँसो मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले जानकारी दिए । २४ गते र २६ गते मृत्यु भएका संक्रमितको शव व्यवस्थापन नभएकाले मंगलबार मात्र जानकारीमा आएको डा। गौतमले बताए ।

‘अस्पतालमा शव व्यवस्थापन समयमै हुन नसक्दा कतिपय संक्रमितको मृत्युको जानकारी ढिला मात्रै हुन्छ,’ डा। गौतमले भने, ‘संक्रमित र मृत्युदर बढेको तर अस्पतालमा सूचना प्रविधि क्षेत्रका जनशक्ति अभावले संक्रमितको भर्ना भएदेखि निधनसम्मको डाटा इन्ट्री गर्नै नसकिने अवस्था भयो ।’

सूचना प्रविधि क्षेत्रको छुट्टै जनशक्ति नहुँदा विरामीको उपचारमा खटिनुपर्ने चिकित्सकले नै त्यो जिम्मेवारी निभाउनुपर्दा निकै अप्ठेरो भएको उनले गुनासो गरे । पछिल्लो समय कोरोना संक्रमणको दर उच्च बन्दै जादा मृत्युदर पनि उच्च भएको छ । स्वास्थ्यकर्मीको कमी अक्सिजनको अभाबका कारण पनि कतिपय बिराम िनिधन भएको देखिन्छ । हाल सरकारले चिनबाट थप अक्सिजन सिलिण्डर लिनको लागि वाईड बढि जहाज चीन उडेको छ । चीनबाट अक्सिजनको सिलिण्डर आएपछि भने केहि हदसम्म सहज हुने देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार