मिस वर्ल्ड जिताउन नेपाली चेली अनुष्का श्रेष्ठको अपिल…

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  2526 पटक हेरिएको

बेलायत, मंसिर १३ ।

बिश्वका बिभिन्न देशका सुन्दरीहरुको प्रतियोगिता आगामी डिसेम्बर बेलायतमा हुन लागिरहेको मिस वर्ल्ड प्रतियोगितामा नेपालको तर्फबाट मिस नेपाल अनुष्का श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी छिन । मिस वर्ल्ड प्रतियोगिता नजिकिएसँगै तिब्र तयारीमा जुटिरहेकी श्रेष्ठले विश्वभरी छरिएर रहेका सबै नेपालीहरुमा सहयोगको लागि आह्रवान गरेकी छिन ।

मिस वर्ल्ड अन्तर्गत शुरुमा मिस नेपाल श्रेष्ठलाई मिस वर्ल्डको मल्टीमीडिया अवार्ड जिताउन अर्थात टप २० भित्र पर्नको लागि सहयोगको आवश्यकता देखिएको छ । नेपालको सिमाना मिचिएको आक्रोशलाई बुलन्द आवाज मार्फत बिरोध जनाउदै , नेपालको प्रतिनिधित्व गर्दै नेपालको सिमाना बिश्वभर फैलाउन र नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष 2020 मा पर्यटकहरुलाई नेपाल भ्रमण गर्न निम्ता दिन लागिपरेकी चेलीलाई भोट गरौ!

१४ डिसेम्बर मा हुन गइरहेको मिस वल्र्ड २०१९ प्रतियोगितामा नेपालको तर्फबाट मिस नेपाल अनुष्का श्रेष्ठलाई मल्टीमिडिया अवार्ड जित्नको लागि लाईक र शेयरको आवश्यक पर्छ । जसको लागि MOBSTAR! एप्स डाउन लोड गर्नुपर्नेछ । एप्स डाउन लोड गरिसके पछि अनुष्का श्रेष्ठ सर्च गरि लाईक, शेयर गर्न सकिनेछ ।

जसले गर्दा भोट बढाउन सहयोग मिल्नेछ । यो जती धेरै लाईक अर्थात शेयर भयो त्यसलाई पनि मल्टीमिडिया अवार्ड छनौटमा एक आधार मानीने गरेको छ । यसरी गर्न सकिन्छ एप्स डाउनडोल गरि लाईक तथा शेयर गर्नुस !

#यो_बर्ष #Anushka_Shrestha #MISS_WORLD बन्ने ठूलो सम्भावना छ। अघिल्लो बर्ष मिस वोल्डमा सहभागि भएकि श्रृङखला खतिवडा उच्च प्रस्तुतिले बिश्वको ध्यान नेपाल प्रति केन्द्रित गर्न सफल भएकि थिई । अनुष्का आफैमा पनि सुन्दर र Talent प्रतिस्पर्धी भएकी हुनाले पोहोर अलिकतिले नेपालको पोल्टामा आउन नसकेको MISS WORLD को ताज यसपालि नेपाल भित्र्याउनको लागि र नेपाली चेलीलाई सिधै #TOP_12 मा पुर्याउन सक्दो भोट गरी सहयोग गर्न बिश्वभरी छरिएर रहेको ३ करोड नेपालीहरु सामु सहयोगको लागि आह्रवान गरेकी छिन । भोटको लागि पैसा लाग्दैन! निशुल्क हुने भकोले पनि सजिलो र सबैले सहयोग गर्न सकिने बताउदै प्रचार प्रसारको लागि समेत सबैलाई अनुरोध गरेकी छिन ।

भोट गर्ने एलदमै सजिलो तरिका तल उल्लेख गरिएको छ ।

भोटको लागि तल दिइएको Link खोलेर mobstar नाम गरेको app डाउनलोड गर्नुहोस।

Iphone मा Mobstar Download गर्न : https://apps.apple.com/us/app/mobstar/id921146241

Android मा Mobstar Download गर्न: https://play.google.com/store/apps/details?id=com.mobstar

१. Play store बाट FREE मा Mobstar Application डाउनलोड गर्नुहोस् !

२. तपाईंको Facebook account अथवा email को सहायताले Mobstar account खोल्नुहोस र login गर्नुहोस !

३. Account login भइसकेपछि माथि search मा click गरेर search को ठिक तल पट्टी देखाउने option हरु मध्ये option लाई left मा सारेर “people ” option मा click गर्नुहोस र “Anushka Shrestha ” टाइप गरेर त्यहा आउने धेरै नामहरु मध्ये तल माथि सारेर Anushka Shrestha – Miss World Nepal लेखिएको ताज लगाएको फोटो भएको verified profile छानेर open गर्नुहोस! Verified profile मा यस्तो ✔️ sign हुन्छ!

४. उनको Mobstar account मा गएर Follow गर्नुहोस।

५. अनुष्काको हरेक फोटो र पोस्टहरुलाई दायाँ (right ) सार्दै 👉🏼 like गर्नुहोस । र कमेन्ट बक्समा गएर कमेन्ट गर्नुहोस।

कृपया फेसबुकमा मात्र लाइक शेयर होइन मिस नेपालको अफिसियल एप Mobstar मा गएर नेपाली चेलीलाई भेट गरौँ।

केहि महिना अघि मलेसियामा सम्पन्न मिस कस्मोपोलिटन वल्ड २०१९ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै मिस प्रिया रानी लामाले सहभागिता जनाएकि थिई । अक्टोबर ७ तारिक देखी अक्टोबर २५ तारिकसम्म सुचारु भएको मिस कस्मोपोलिटन वल्ड २०१९ मा नेपालबाट प्रतिनिधित्व गरेकी मिस प्रिया रानी लामाले मिस कस्मोपोलिटन वोल्ड २०१९ बिजेता बन्दै नेपाल, नेपालीहरुको सान, मान, प्रतिष्ठा र नेपालको नामलाई समेत बिश्व सामु चिनाउन सफल भएकी थिई ।

सम्बन्धित समाचार यो पनि पढ्नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार