कोरोना संक्रमणका कारण थप एकको निधन, निधन हुनेको संख्या २४ पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  451 पटक हेरिएको

काठमाडौँ, असार ९ ।   

नेपालमा कोरोना संक्रमण बढेसगँै मृत्यु हुनेको संख्या पनि बिस्तारै दिनप्रति दिन बढ्दै छ । आज थप एक जनाको कोरोनोका कारण मृत्यु भएको पुष्टी भएको छ । मृत्यु हुनेमा दैलेख दुल्लु नगरपालिका ३ का ४५ वर्षीय पुरुष रहेका जनाएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले प्रदेश अस्पताल सुर्खेतमा उपचाररत पुरुषको सोमबार राति कोरोना संक्रमणको कारण मृत्यु भएको जानकारी दिए ।

उनी क्षयरोग र दमको बिरामी थिए । यो सँगै नेपालमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकका १, बाँकेमा २, गुल्मीका ३, बाराका १, ललितपुरका १, अर्घाखाँचीका २, दैलेखका २, बाजुराका १, दोलखा १, पाल्पाका १, सुर्खेतका १, कैलालीका ३, डोल्पाका १, स्याङ्जाका १, चितवनका १, विरगञ्जका १ र पर्साका १ जनाको मृत्यु भएको छ । मृतक मध्य धेरै जसोमा मृत्यु पछि कोरोना पुष्टी भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार