संसदको अवरोध हटाउन सभामुखको आव्हानमा सर्वदलीय बैठक बस्दै

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  39 पटक हेरिएको

काठमाण्डौँ, भदौ २८ ।  

संसदमा जारी अवरोध हटाउने पहल स्वरुप सभामुख अग्नी सापकोटाले आज सर्वदलीय बैठक बोलाएका छन् । बैठक दिँउसो २ बजे संसद भवनको लोत्से हलमा बस्ने भएको छ । छलफलमा प्रधानमन्त्री एवं काँग्रेस संसदीय दलका नेता शेर बहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका संसदीय दलका नेता माधव कुमार नेपाल, जसपा संसदीय दलका नेता उपेन्द्र यादव र लोसपाका नेता महन्थ ठाकुरलाई बोलाइएको छ ।

यस्तै जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल र राप्रपाका राजेन्द्र लिङदेनलाई आमन्त्रण गरिएको छ । संसदको अधिवेशन शुरु भए लगत्तै सभामुखको भूमिकाको बिरोध गर्दै एमालेले संसद अवरुद्ध गरिरहेको छ । एमालेले सभामुखलाई एमालेले पदमुक्त गरेका १४ सांसदको काबाही गरेको सुचना टाँसे सहजै संसद चल्न दिने बताउदै आएको छ अन्यथा पद छाड्न सभामुखलाई आग्रह गरेका छन भने नेकपाका अध्यक्ष तथा संसदीय दलका नेता के.पी शर्मा ओलि भने आजको सर्वदलिए बैठकमा नआउने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार