
काठमाडौं, बैशाख ८ ।

कोरोना भाइरस संक्रमण,नियन्त्रण तथा उपचार कोषका लागि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको तलब नकाटिने भएको छ । कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्च स्तरीय समितिले कोषमा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुको हकमा स्वेच्छिक रहने व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ । सरकारले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सहित तलब काटि कोरोना भाईरस नियंत्रणको लागि खडा गरीएको आपतकालीन कोषमा जम्मा गर्नुपर्ने निर्णय गरेका थिए ।
यस बिषयमा राजनीतिक दल, जनताहरूको तिब्र आलोचना भएपछी बैशाख ३ गते बसेको उच्चस्तरीय समितिको बैठकबाट स्वेच्छिक तबरले जम्मा गर्न सकिने निर्णय गरेका छन ।
यदि स्वास्थ्यकर्मी तथा सुरक्षकर्मीको पारिश्रमिक कट्टा भएको भएमा सम्बन्धित निकायले सोधभर्ना गरिने भएको छ। विभिन्न निकायमा स्वास्थ्यकर्मीहरुको पारिश्रमिक काटिएको भन्ने गुनासो आएपछि उच्चस्तरीय समितिले यस्तो निर्णय गरेको हो ।
हेर्नुहोस् उच्च स्तरीय समितिको बैशाख ३ गतेको निर्णय :

