नेफिन सांस्कृतिक महोसब २०२५ को सम्पुर्ण तयारी पुरा, मिलन लामा सहित चर्चित कलाकारहरुको बेजोड प्रस्तुति रहने

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  485 पटक हेरिएको

टोकियो, चैत्र २७ ।

जापानमा टोक्यो लगायतका बिभिन्न शहरहरुमा बसोबास गर्ने नेपाली आदिवासी जनजातिहरूको सांस्कृतिक विविधता र मौलिकतालाई उजागर गर्न ‘नेफिन सांस्कृतिक महोत्सव २०२५’ आयोजना हुँदैछ । ‘नेपाल आदिवासी जनजाति महासंघ, जापान’ को आयोजनामा यहि अप्रिल १९ तारिख शनिबारका दिन टोकियोस्थित मेगुरो कुमिन सेन्टरमा महोत्सव हुने भएको हो । नेफिन सांस्कृतिक महोत्सव’मा आदिवासी जनजातिहरूका झाँकीहरू, मौलिक संस्कृति, पोशाक र परम्परागत नृत्य तथा गीतहरूको आकर्षक प्रस्तुति रहने महासंघका अध्यक्ष हवलचन्द्र लामाले जनाइएको छ ।

कार्यक्रममा नेपालका चर्चित गायक मिलन लामा, गायिका मेचु धिमाल र गायिका बबीना किराती (राई) को विशेष प्रस्तुति रहनेछ । साथै अन्य स्थानीय कलाकारहरूको पनि प्रस्तुति रहने नेपाल आदिवासी जनजाति महासंघ, जापानले जनाएको छ । कार्यक्रममा स्थनीय एकल जातीय संघसंस्थाबाट पनि बिभिन्न सांस्कृतिक प्रस्तुती रहने जनाएको छ ।

सांस्कृतिक महोत्सवमा टोकियोस्थित नेपाली दूतावासको विशेष सहयोग तथा एनआरएनए जापानको सहकार्य रहेको छ । कार्यक्रम साझेदारीमा हिकारी कम्पनी लिमिटेडका अध्यक्ष निमा लामा शेर्पा, मुख्य प्रायोजक एनआरएनए आईसीसी उपाध्यक्ष रोबिन शेरचन र जापान मनि एक्सप्रेस (JME) अफिसियल प्रायोजक रहेको छ ।

कार्यक्रम साँझ ४ बजेदेखि Meguro Kumin Center, Tokyo मा सुरु हुनेछ । मौलिक संस्कृतिलाई सम्मान गर्दै भावी पुस्तालाई परिचय गराउनु कार्यक्रमको मुख्य उदेश्य हो । जापानभरि रहेका सम्पूर्ण नेपाली समुदायलाई उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिएको छ ।

सम्बन्धित समाचार यो पनि पढ्नुहोस ।

जापानमा “नेफिन साँस्कृतिक महोत्सब-२०२५” आयोजना हुने

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार