पेट्रोल र डिजेलको मूल्य बढ़्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  723 पटक हेरिएको

काठमाडौं, पुस १६ ।

नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । बुधबार मध्येराति लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको हो ।

अब पेट्रोलको मूल्य काठमाडौंमा प्रतिलिटर १११ पुगेको छ भने डिजेल र मट्टतिेलको १०० रुपैयाँ ।

हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको विक्री मूल्य भने यथावत राखिएको आयल निगमले  जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार