मुनाकी आमाले अमेरिका जाने आकस्मिक भिसा प्राप्त गरे, मुनालाई एक वर्षअघि नै कसैले पछ्याइरहेको खुलासा

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  121 पटक हेरिएको

अमेरिका, भाद्र १८ ।

अमेरिकामा गोलि हानि हत्या गरिएको मुना पाण्डेलाई एक बर्ष पहिले देखि नै केहि ब्यक्तिले आफुलाई पछ्याईरहेको आफ्ना साथीहरुलाई बताउदै आएकी उनका साथीले जनाएको छ । क्लिकटुह्युस्टन डटकमसँग कुरा गर्दै उनका साथी दीपेन्द्र कुँवरले पाण्डेले एक वर्षअघि आफूलाई कसैले निरन्तर पछ्याइरहेको भन्दै सहयोग मागेकी बताएका छन् । ‘उनले त्यसबेला कुनै व्यक्ति झ्यालमा आएका छन् भनेकी थिइन्, कसैले उसलाई पछ्याइरहेको थियो’, कुँवरले भनेका छन्, ‘झ्याल र ढोका आसपास हिँडिरहन्थ्यो, त्यसैले उनले मलाई बोलाएकी थिइन्, पुलिसलाई पनि बोलाएका थियौं ।’

त्यसपछि आफूले नै अपार्टमेन्ट बाहिर सर्भिलेन्स क्यामेरा राख्न सहयोग गरेको कुँवरले बताएका छन् । क्यामेरा राखेपछि भने ती संदिग्ध व्यक्ति त्यहाँ देखिन छाडेका थिए । उनलाई त्यसबेला कसले पछ्याएको थियो भन्ने कहिल्यै खुलेन । कुँवरका अनुसार, क्यामेरा राखेपछि उनलाई मुनाको सुरक्षाबारे त्यति चिन्ता लागेको थिएन । तर, एक्कासी उनको अपार्टमेन्ट बाहिर अघिल्लो साता सोमबार अमेरिकी समयअनुसार बेलुकी साढे ५ बजे गोली हानी हत्या भएको सुन्दा आफुहरु अचम्ममा परेको जनाएको छ । प्रहरीले हत्यामा सर्भिलेन्स क्यामेराको फुटेजका आधारमा एक जना संदिग्ध व्यक्तिको तस्वीर सार्वजनिक गर्दै उनीबारे सूचना मागेको थियो । त्यसक्रममा प्रहरीले बबि सिंह शाह नामक व्यक्तिलाई पक्राउ गरेको छ । ह्युस्टन प्रहरीका प्रवक्ताका अनुसार, सीसी टीभीमा मुनाको अपार्टमेन्टबाट निस्किँदै गरेको देखिएका व्यक्ति शाह नै थिए । शाहलाई बुधबार अपराह्न ह्युटनको उत्तरपश्चिम क्षेत्रमा रहेको ट्राफिक स्टपबाट नियन्त्रणमा लिइएको प्रहरीले भनेको छ ।

प्रहरीले हालसम्म हत्याको कारण भने खुलाएको छैन । हत्यामा प्रयोग भएको हतियार पनि बरामद भए नभएको बताइएको छैन । मुना सन् २०२२ मा स्नातक तह अध्ययनका लागि अमेरिका गएकी थिइन् । विद्यार्थी भिसामा अमेरिका गएकी उनी ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत थिइन् । स्थानीय एक स्टोरमा समेत उनी काम गर्दै आएकी थिइन् ।

अमेरिकामा बसेर संचारकर्ममा सक्रिय सच्चि मैनाली लगायतका नेपालीहरु पनि यस केसमा सक्रिय रुपमा लागिरहेको छ । यसै क्रममा संचारकर्मि सच्चि मैनालीले मुना पाण्डेकी आमाले आकस्मिक भिसा पाउनुभएको सामाजिक संजाल फेसबुक मार्फत जानकारी गराउनु भएको छ। यसको पहल युएनपिएसि अर्थात युनाईटेड नेपाली पोलिटिकल एक्सनले गरेको हो र यस सॅस्थाका सॅस्थापक एड्रियन पोखरेल रहेको समेत उल्लेख गर्नु भएको छ । संचारकर्मी सच्चि मैनाली कार्यक्रम सच्चीका साथमा कार्यक्रमका कार्यक्रम संचालिका समेत हुनु हुन्छ । उनले यस घटनाको बारेमा निजको आमासँग पनि अन्तवार्ता लिईसकेकी छन । संचारकर्मी सच्ची मैनाली भर्जिनियामा घटेको ममता काफ्ले हत्या प्रकरणमा पनि सक्रिय रुपमा लागिरहेको र उक्त हत्या प्रकरण सम्बन्धित रहेर निजको श्रीमान लगायतका निजको माईति पक्षसँग पनि अन्तवार्ता लिई सहयोग गर्दै आईरहेकी छन ।

सम्बन्धित समाचार यो पनि पढ्नुहोस् । 

अमेरिकामा हराईरहेकी ममता काफ्लेको हत्या श्रीमानबाट भएको पुष्टि, नरेशबाट प्रहरीलाई असहयोग भएको गुनासो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार