अमेरिकामा हराईरहेकी ममता काफ्लेको हत्या श्रीमानबाट भएको पुष्टि, नरेशबाट प्रहरीलाई असहयोग भएको गुनासो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  165 पटक हेरिएको

अमेरिका भदौ ७ ।

अमेरिकाको भर्जिनिया शहरको मन्नासस पार्कमा बसोबास गर्ने ममता काफ्ले बिगत २२ दिन देखि हराईरहेकी थिईन । नेपाली अमेरिकामा रजिष्ट्रार नर्सको रुपमा कार्यरत ममता काफ्ले रहस्यमयी तबरबाट हराईरहेकी खबर अमेरिकी नेपाली समुदायमा मात्र नभई अमेरिकी समुदाय संचार माध्यममा समेत केन्द्र रहेको थियो । शुरुवाती दिनमा निजको श्रीमानले पारीवारीक मामला भएकोले सामाजिक संजाल तथा संचार माध्यममा समाचार सम्प्रेषण नगरीदिनु हुन अनुरोध गर्दै धम्की समेत दिदै आईरहेको थियो । शुरुवाती चरणमा ममता नहराएको र घरायसी मामला भएको भनी ढाट्दै आईरहेका श्रीमानले समुदाय र ममताको कार्यरत हस्पिटलको दबाबमा ५ दिन पछिमा त्र हराएको भनि पुलिसको रिर्पोट दर्ता गराएको थियो । ममता कार्यरत स्थानबाट काममा नआएपछि निजको श्रीमानलाई सम्पर्क गर्दा समेत सम्पर्क हुन नसके पछि सिटि प्रहरीलाई सम्पर्क गरी घटनाको जानकारी गराएका थिए । तत्पश्चात निजको घरमा पुलिस पुग्दा समेत ममता नहराएको भनि जानकारी गराउएको थियो । नेपाली समुदायको बारम्बारको दबाब र संचार माध्यम लगायतका सामाजिक संजालमा समेत श्रीमानलाई केन्द्रमा राखेर अनुसन्धान हुनु पर्ने माग तिब्र हुन थाले पछिमात्र श्रीमानले समुदायमा आई निज काफ्ले हराएको जानकारी गराएका थिए । निज काफ्ले हराएको ५ दिनसम्म पनि कुनै खोजतलास नगर्नु ममताको कार्यरत स्थल र प्रहरीलाई समेत नहराएको भनि ढाट्नुले पनि निज भट्टप्रति नै पुलिस र समुदायको आशंका भने पहिले देखि देखिन्थ्यो ।

हाल हत्याराको रुपमा भर्जिनिया शहरको मन्नासस पार्क पुलिसले यो घटना निजको घरमा नै भएको र निजको श्रीमानले नै निजलाई मारेको भनी पक्राउ पुर्जि सहित निजको घरमा खोजतलास शुरु गरेको थियो । लामो अनुसन्धानबाट निजको श्रीमानबाट नै घटना घटाईएको वा हत्या गरिएको भन्ने प्रमाण र फरेन्सीब जाँचपछि निज हत्यारा श्रीमान नरेश भट्टलाई घरबाट नै पक्राउ गरी जेल चलान गरिएको छ । अनुसन्धानको क्रममा निजले प्रहरीलाई कुनै पनि किसिमको सहयोग नगरेको र श्रीमतिको बारेमा केही थाहा नभएको मात्र जनाएकोले ममताको बडी नभेटिएको जनाएको छ । निजको पक्राउ पुर्जिमा ४ आरोप लगाई निजलाई अनुसन्धानको लागि पक्राउ गरिएको उल्लेख गरिएको छ । निज श्रीमान भट्टले श्रीमतिको हत्या गरी क्षेतबिक्षेत पारिएको, अन्यत्र ओसारपसार गरिएको, शबलाई लुकाएर राखेको र शब गिस्पोज गरिएको जस्ता आरोप लगाईएको छ । निज भट्टलाई पक्र्राउ गरिएको समय जिको घरबाट १ बाकस पनि जफत गरिएको थियो तर प्रहरीले उक्त बाकसमा के थियो भनि उल्लेख भने गरिएको छैन ।

अमेरिकाबाट संचार माध्यममा सक्रिय पत्रकार सच्चि मैनालीद्धारा आयोजित अन्तवार्तामा समेत निजले कुनै पनि कुरा स्पष्ट नगरेको दोहोरो कुरा गरिएको स्पष्ट देख्न सकिन्थ्यो । संचारमाध्यम र समुदायको समेत निज प्रति नै आरोप आउन थालेपछि निज हतोत्साहित भएको र अन्तवार्तामा समेत छोरीको हवाला दिदै अन्तवार्ताबाट नै भाग्न खोजेको प्रष्ट हुन्थ्यो । अन्तवार्ता कै क्रममा समेत निजलाई बारम्बार अन्तवार्तामा जोडिन फोन मार्फत आग्रह गरिएको समेत देख्न सकिन्थ्यो । त्यसबाट नै निजले नै श्रीमतिको हत्या गरी लुकाईएको स्पष्ट हुन्छ । निज भट्ट अमेरिका स्थित ह्वाईटहाउसमा नै अमेरिकी सेनामा कार्यरत ब्यक्ति भएर प्रहरी तुरुन्त निजलाई अनुसन्धानमा नलिएको कोर्ट र सेनासँगको सहकार्यमा निजलाई नियन्त्रणमा लिएको समेत त्यहाँ स्थित बसोबास गर्ने नेपालीहरुले बताईरहेका छन ।

निज आरोपित माथि हाल अनुसन्धान भईरहेकोले घटनाको बारेमा प्रहरीबाट सामान्य मात्र जानकारी दिएको जनाएको छ । प्रहरी निजले ममताको हत्या गरी शबलाई लुकाएको तर श्रीमानले अनुसन्धानमा सहयोग नगरेकोले ममताको बढी नभेटिएको र खोजिकार्य जारी रहेको जनाएको छ । हालसम्मको अनुसन्धान र प्रमाणको आधारमा ममता काफ्ले हामी माझ नभएको भने स्पष्ट रुपमा प्रहरीद्धारा नेपाली समुदाय र संचारमाध्यमलाई प्रेसमिट मार्फत जानकारी दिईसकेको छ भने घटना सम्बन्धि सम्पुर्ण जानकारी भने केही दिनमा आउने जनाएको छ । एद्दपि हाल पनि नेपाली समुदायका मानिसहरु मान्नसस प्रहरी कार्यलय परिसरमा नै अन्तिम जानकारी कुरीरहेको अबस्था छ । हत्यारालाई कस्तो किसिमको सजाएहुने भन्ने चाही निजलाई कोर्टमा पेश गर्ने तयारी समेत रहेको प्रहरीले जनाएको छ ।

निजको १ बर्षको एक छोरी रहेको र छोरीलाई मान्नसस सिटि चाईल्ड कियरमा राखिएको र निजको लागि नेपाली समुदायको नेतृत्वमा सहयोग समेत गो फण्ड मार्फत संकलन शुरु गरीएको छ । ममता काफ्लेको माईतीपक्षका आमाबुबालाई अमेरिका झिकाउने तयारी पनि नेपाली समुदायले गरिरहेको समेत उपस्थित ब्यत्तिहरुले जनाईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार