हङकङ, फागुन ९ ।
चीनको वुहानबाट फैलिएको नोबेल कोरोना भाईरसबाट प्रभाबित रहेको हङकङमा नेपालीहरुको स्वास्थ्यमा ध्यान दिदै गैर आवासीय नेपाली संघ, हङकङले कोरोना भाइरसबाट सुरक्षित रहन फेब्रुअरी २६ बुधबारका दिन निःशुल्क सर्जिकल मास्क वितरण गर्ने भएको छ । पहिले नै एक प्रेस बिज्ञप्ति मार्फत अध्यक्ष राधिका गुरुङले जानकारी गराए पनि क़ाबिले बितरण गर्ने भन्ने खुलाईएको थिएन ।
हङकङ स्थित करुणा बिउटी & हियर सैलुनद्वारा भोलि निशुल्क मास्क बितरण गर्दै
आज एक नोटिस जारी गर्दै एनआरएनए हङकङको कार्यालयबाट दिनको २ बजे सो मास्क वितरण गर्न लागिको अध्यक्ष राधिका गुरुङले जानकारी दिइन् । नेपालबाट सात हजार पीस मास्क हङकङ पठाइएको नेपालमा रहेका अध्यक्ष गुरुङले बताइन् । ती मास्कहरु हङकङ पुगिसकेको छ ।
कोरोना भाइरसबाट हङकङ लगायतका देशहरु प्रभावित भइरहेको सन्दर्भमा एनआरएनए हङकङले सर्जिकल मास्क निःशुल्क वितरण गर्न लागेको हो ।
हङकङमा सो भाइरसको संक्रममणमा अहिलेसम्म कोही नेपाली नपरेको सुखद पक्ष रहेको जानकारी दिँदै अध्यक्ष गुरुङले सतर्क रहन सबैमा अनुरोध गरेको छ ।
मास्क बितरण सम्बन्धि एनआरएनए हङकङको सुचना
सम्बन्धित समाचार यो पनि पढ़नुहोस ।