आधा दर्जन सचिवहरूको मन्त्रालय हेरफेर, एकको बढुवा सहित पदस्थापन

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  843 पटक हेरिएको

काठमाडौँ, फागुन १८ ।

सरकारले आधा दर्जन सचिवको सरुवा गरेको छ । आज प्रधानमन्त्रिको अध्यक्षतामा बसेको आकस्मिक बैठकले एक जना सहसचिवलाई सचिवमा बढुवासहित पदस्थापन गरेको छ ।मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले वरिष्ठ सहसचिव एकनारायण अर्याललाई सचिवमा बढुवा गर्दै काठमाडौँ महानगरपालिकामा पदस्थापन गरेको हो ।

महानगरपालिकाका कार्यकारी अधिकृत रहेका केदार न्यौपानेलाई भूमि व्यबस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ । भूमिसुधारका सूर्य गौतमलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालालाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सचिव यमकुमारी खतिवडालाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र महिलाका चन्द्र घिमिरेलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिउको छ ।

सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव खगराज बराललाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ । त्यसैगरी अर्थमन्त्रालयका सहसचिव रामशरण पुडासैनीलाई कायम मुकायम राजश्व सचिव बनाउने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार