लोकसेवा आयोगद्धारा ५१३ जना अधिकृतको लागि विज्ञापन खुल्यो, १५३ जना बढुवाबाट पदपूर्ति हुने(बिज्ञापन सहित)

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  1351 पटक हेरिएको

काठमाडौं, मंसिर २४ ।  

लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी अप्राविधिक, शाखा अधिकृत वा सो सरहका ५१३ पदमा विज्ञापन खुलाएको छ । यसमध्ये १५३ जना जेष्ठताको आधारमा बढुवामार्फत् पदपूर्ति गरिने छ । बाँकी पदहरुमा भने खुला तथा सामावेशीको आधारमा पदपूर्ति हुने लोक सेवा आयोगले जनाएको छ ।

सामान्य प्रशासन मन्त्रालयले रिक्त पदको विवरण संकलन गरी पदपूर्तिका लागि लोक सेवा आयोगलाई आग्रह गर्दछ र सोही अनुसार मन्त्रालयको विवरण अनुसार लोक सेवा आयोगले परीक्षा सन्चालन गरी पदपूर्तिका लागि मन्त्रालयलाई सिफारिस गर्दछ ।

लोक सेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीका अनुसार सामान्य प्रशासन समूहमा खुलातर्फ ४४ अधिकृत पदमा विज्ञापन खुला भएको छ । यसैगरी राजश्वमा ४१, लेखामा ३४, लेखा परीक्षणमा १२ र परराष्ट्र सेवामा १ पदमा खुलातर्फ विज्ञापन खुलेको छ ।

लोक सेवा आयोगले खुलाएको विज्ञापन 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार