एनआरएनए हङकङद्वारा निःशुल्क सर्जिकल मास्क वितरण गर्ने

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1539 पटक हेरिएको

हङकङ, माघ २८ ।

गैरआवासीय नेपाली संघ, हङकङले कोरोना भाइरस लाग्न नदिन निःशुल्क सर्जिकल मास्क वितरण गर्ने भएको छ । चीनको वुहानबाट फैलिएको नोबेल कोरोना भाईरसले एक हङकङ नागरिकको निधन र हङकङका एकै परीवारका नौ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएसंगै यसले नेपाली समुदायलाई पनि त्रसित बनाएको छ ।

एनआरएनए हङकङका अध्यक्ष राधिका गुरुङले आज एक प्रेस विज्ञप्ति जारी गर्दै एनआरएनए हङकङले निशुल्क सर्जिकल मास्क वितरण गर्ने र त्यसको लागि मिति, स्थान र समय चाँडै तय गर्ने जानकारी दिएका छन् । 

कोरोना भाइरसबाट हङकङ लगायतका देशहरु प्रभावित भइरहेको सन्दर्भमा एनआरएनए हङकङले सर्जिकल मास्क निःशुल्क वितरण गर्न लागेको हो । गैरआवासीय नेपाली संघ, हङकङ नेपालीहरुको अभिभाबक र साझा संस्था भएकोले आफ्ना देशको नागरिकहरुको सुरक्षामा ध्यान दिनु हामी सबैको कर्तव्य रहेकोले त्यस तर्फ हामी सचेत रहेको जानकारी गराउनु भयो ।

हङकङमा सो भाइरसको संक्रममणमा हालसम्म कोही नपरेको सुखद पक्ष रहेको जानकारी दिँदै अध्यक्ष गुरुङले भाईरस तिव्र रूपमा फैलिरहेकोले सबै नेपालीहरूमा सतर्क रहन अनुरोध गरेको छ ।

एनआरएनए हङकङद्वारा जारी बिज्ञप्ति :-

सम्बन्धित समाचार यो पनि पढ़नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार