

हङकङ, फागुन २ ।

चीनको वुहान लगायत अन्य क्षेत्रहरूमा कोरोना भाईरसका कारण मर्नेहरूको संख्या दिनप्रति दिन बढ़ींरहेको अबस्थालाई मध्यनजर गर्दै हङकङमा ब्यापार ब्यबसाय गर्दै आऊनुभएकी करुणा बिउटी & हियर सैलुनका संचालक करुणा श्रेष्ठले निशुल्क मास्क वितरण गर्न लागेको जनाएकी छिन । ५० बर्ष भन्दा माथी र अस्वस्थ अवस्थामा रहनु हुने आमा, बाबाका साथै हङकङमा घरेलू कामदारको रूपमा रहनुभएका हङकङबासि नेपाली दिदीबहिनिहरू सम्पूर्णलाई वितरण गर्ने करुणा बिउटी & हियर सैलुनका संचालक करुणा श्रेष्ठले जानकारी गराउनु भयो ।
हङकङको M/F , 51Battery street. Yau ma tei, kln HK मा रहेको ५० बर्ष भन्दा माथी र अस्वस्थ अवस्थामा रहनु हुने आमा, बाबा का साथै हाम्रा घरेलू काम दार् दीदी बैनीहरू सम्पूर्ण मा करुणा बिउटी & हियर सैलुनको तर्फबाट नि:शुल्क माक्स बितरण गर्न गइरहेको जानकारी गराएको हो।

उक्त मास्क भाेली शनिबार बिहान ११ बजेबाट बेलुकि ५ बजेसम्म करुणा बिउटी & हियर सैलुनको तर्फबाट M/F , 51Battery street. Yau ma tei, kln HK मा नि:शुल्क मास्क बितरण गरिने समेत जानकारी गराउनु भयो । हङकङ स्थित बिभिन्न संघसंस्थामा सक्रिय सहभागिता जनाऊदई आऊनु भएकि करुणा श्रेष्ठको यो नै पहिलो सामाजिक काम भने होईन उहाँले आफ्नो जन्मभूमि प्रति बिभिन्न काम तथा सहयोगहरू गर्दै आऊनु भएको छ । भोलि बितरण गरिने मास्कको लागि करुणा बिउटी & हेयर सैलुन तथा करुणा बिउटी & हेयर सैलुनको टेलिफोन नम्बर 59341572 मा सम्पर्क गर्न समेत अनुरोध गरेकी छिन ।
हङकङ स्थित गैर आवासिय नेपाली संघका अध्यक्षले पनि एक प्रेस बिज्ञप्ति जारी गर्दै नेपालीहरुको स्वास्थ्यलाई ध्यानमा राख्दई निशुल्क मास्क बितरण गर्ने बताईसकेको छ ।
सम्बन्धित समाचार यो पनि पढ़नुहोस ।

