जापान, भाद्र १० ।
जापानको फुकुओकामा रहेका नेपालीहरूलाई लक्षित गर्दै हाम्रो नेपाल हामी नेपाली अभियानले बिद्यार्थीका चुनौती र अवसर का बिषयमा अभिमुखीकरण कार्यक्रमको आयोजना गर्ने भएको छ । हाम्रो नेपाल हामी नेपाली अभियानका संयोजक समेत रहनुभएका संयोजक धर्म राज अधिकारीका अनुसार फुकुओकामा बहूसंख्यक मात्रामा बिध्यार्थीहरुको बसोबास रहेको र ऊनीहरुमा बिबिध किसिमका समस्याहरू देखीएकोले सोको न्यूनीकरण, अभिमुखीकरण र जनचेतनाका लागि बिद्यार्थीका चुनौती र अवसर का बिषयमा अभिमुखीकरण कार्यक्रमको आयोजना गर्न लागिएको बताएका हुन । निजका अनुसार हाल करिब १२ हजार नेपालीले बसोवास गरेको जापानको क्युस्यु क्षेत्रको ८० प्रतिशत नेपालीको बसाई फुकुओका क्षेत्रमा रहेको देख्निन्छ।त्यसै गरि यसको करिव ६० प्रतिशत बिद्यार्थी र उनीहरुका परिवार रहेको पाईञ्छ /त्यसैले हाल फुकुओकाबासी नेपालीहरुको बहुसंक्यक रुपमा रहेको बिद्यार्थी समुदायका गतिबिधि एबम जीवनशैलीले केहि गम्भीर प्रश्नहरु उठाई रहेको छ। उनीहरु मुलतः कुन बाटोमा छन् ? उनीहरुको लक्ष के छ ? त्यो लक्ष प्राप्त गर्न कति मिहेनत गरेका छन ? भन्ने कुराले दुवै नेपाली समुदाय र जापानी समुदायमा समेत चिन्ता प्रकट भएको पाईन्छ । यसै चिन्तालाई सम्बोधन गर्न उनीहरुलाई बेलामा नै सही सूचना र अभिप्रेरणा प्रदान गर्ने उद्द्येस्यका साथ हाम्रो नेपाल हामी नेपाली अभियानले बिद्यार्थीका चुनौती र अवसर का बिषयमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको छ। यो बिगत अभियानको चौथो अभिमुखीकरण कार्यक्रम हो।
हजारौ संख्यामा रहेका हाम्रा युवा बिधार्थी राष्ट्रका अमुल्य सम्पति हुन्। जापान जस्तो पूर्ण विकसित र आधुनिक देशमा ठुलो लगानी गरेर आएका हाम्रा तरुणहरु किमार्थ असफल हुनु हुदैन भन्ने हाम्रो मान्यता छ। त्यसैले उनीहरु सफल बन्न र बनाउन उनीहरु सहित हाम्रो समाजको पनि दयित्वो रहेको कुरामा दुईमत हुन सक्दैन। त्यसैले हाम्रो सानो कोशिषले हाम्रा युवाहरुलाई आफ्नो उज्ज्वल भबिस्यको नक्शा बनाउन यस कार्यक्रम सफल रहने छ भन्ने हामीले विस्वास लिएका छौं। युवाहरुको सफलताको निर्णायक बस्तु भनेको उनीहरुको सोच विचार र ब्यबहार नै हो जसले उनीहरु लाई कर्मशील बनाउछ। उनीहरुले हिड्ने बाटो नै सहि हुनु पर्यो। गलत बाटो हिडेर लक्षमा कहिल्यै पुगीदैन भन्ने कटु सत्यलाई बेलामा नै महसुश गरेर सहि मार्गमा हिड्न प्रेरित गर्ने र हिड्न गाईड गर्ने उद्धेस्य यस कार्यक्रमले राखेको छ ।
यस कार्यकमको अर्को महत्वोपूर्ण पक्ष पनि छ। हामीले यो पनि बिर्सन हुदैन कि जापानी समुदायसंग हामीले न्यानो सम्बन्ध बिकास गर्नु जरुरत छ जसले हामीलाई उनीहरुको समाजले खुशी साथ स्वीकार गर्न सकुन्/ हामीले यस्तो कार्य कदाचित् नगरौ जसले उनीहरुको सामाजिक/सास्कृतिक मान्यता मूल्यमा नकारात्मक असर पर्ने काम होस्र र यस्तो काम गरौँ जसले जापानी समाजको अनुशासन र मर्यादाको उच्च पालना होस्। यस्तो कार्यले जापानी समाजमा नेपाली समुदायको भलो र इज्जत अभिबृद्धि भै हाम्रो प्रबाशी जीवन मर्यादित र सार्थक बन्नजान्छ। बुद्ध जन्मेको देश, सगरमाथाकोदेश नेपाल र जापान बिच धेरै गहिरो सम्बन्ध छ / हामी कतिपय सामाजिक सास्कृतिक धार्मिक मान्यताहरुमा समान अस्था राक्छौँ/ /त्यसैले हाम्रा सरकार र हाम्रा जनता बिच अत्यन्तै गहिरो मित्रता पनि छ। जसरि हामीहरु जापानमा आउन पाउंदा खुशी छौं त्यसरी नै जापानीहरु पनि नेपाली युवाहरुले अफ्नो अध्यनको रोजाई जापान बनाएकोमा खुशी हुनु पर्ने अवस्थाको निर्माण गर्नु जरुरत छ। यो पारस्परिक सम्बन्धमा पारस्परिक हित लुकेको छ त्यसैले हामीले यो दुई समाज दुई देश बिचको सातुको रुपमा हाम्रा युवाहरुले काम गर्नु आबस्यक छ। यो परिबेशलाई कसरि विकास र प्रबर्धन गर्न सकिन्छ भन्ने कुरामा पनि हामी सबैको ध्यान जान जरुरत छ।
कार्यक्रमलाई सार्थक र अर्थपूर्ण बनाउन टोकियोबाट महामहिम डा.दुर्गा बहादुर सुबेदी ज्यु प्रमुख आतिथ्यमा , विद्यान अथिति बक्ता जिज्ञान कुमार थापा सहित फ़ुकुओकाबाट पनि विभिन्न सरकारी कार्यालयका उच्च पदस्त ब्यक्तित्वहरुको सहभागिता र सम्बोधन रहेको कुरा पनि निबेदन गर्न गर्दछौं। साथमा विधर्थिकाल देखि संघर्ष गर्दै स्थापित हुन पुग्न भएका अग्रजहरुको पनि मार्मिक प्रस्तुति रहने छ।
अन्तमा, यस प्रस्तावित ओरिएँतेशनले नेपाली समुदायका यिनै बिबिध पक्षमा केन्द्रित भएर नेपाली समुदाय र बिशेष गरि बिद्यार्थी समुदायलाई उनीहरुको मनमस्तिस्क परिबर्तन गरि उच्च लक्ष्य प्राप्तिका लागी ब्यबहारिक र प्रगतिशील पथप्रदर्शन गरि हाम्रा युबाहरुलाई आफ्नो भबिस्य निर्माणको रोडम्याप बनाउन मद्धत गर्नेछ भन्ने पनि आशा गरिएकोले यस कार्यक्रममा उपस्थित भै लाभ लिन हामी समस्त क्युशुवासी विधार्थी भाईबहिनीहरुमा हार्दिक अपिल गर्दछौ। धन्यवाद