महाधिबेशन बिशेषः माओबादी केन्द्रको आजबाट बन्द सत्र शुरू, प्रचण्डको राजनीतिक प्रतिबेदन माथि बृहत् छलफल हुने

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  343 पटक हेरिएको

काठमाडौं, पुस १२ । 

नेकपा माओवादी केन्द्रको आजबाट बन्दसत्र शुरू हुदै छ । बन्दशत्र आज बिहान ११ बजेदेखि प्रज्ञा भवनमा सुरु हुने भएको हो। उद्घाटनशत्र भव्य कार्यक्रमका साथ सम्पन्न गरेको माओवादी के केन्द्रको बन्दशत्र कमलादीस्थित प्रज्ञा भवनमा आयोजना गरिएको छ ।

उद्घाटन सत्रको समापनको अवसरमा उद्घोषक समेत रहनुभएका स्थायी समिति सदस्य तथा अर्थमन्त्रि जनार्दन शर्माले बन्दशत्रको बारेमा जानकारी दिनुभएको हो । बन्दशत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेश हुनेछ ।

विचारको महाविधेशनको रुपमा चित्रण गरेको माओवादीको बन्दशत्रमा कूल एक हजार ६३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुनेछन् । सबै क्लस्टर मिलाउँदा त्यो सङ्ख्यामा अझै केही वृद्धि भएको बताइएको छ ।

सात भौगोलिक प्रदेश र तीन गैरभौगोलिक प्रदेशबाट प्रतिनिधि सम्मेलनमा सहभागी छन् । बन्द शत्रमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल गर्ने कार्यक्रम छ ।

माओवादीको हिजो बिहान बसेको केन्द्रीय समितिको बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरेको छ । कमलादीस्थित हलमा नै बन्दशत्र आयोजना गरिने भए पनि हलको क्षमता भन्दा बढी प्रतिनिधि भएपछि व्यवस्थापनमा चुनौती थपिएको छ ।

राजनीतिक प्रतिवेदन, विधान पारितसँगै नयाँ नेतृत्वको चयन गर्ने कार्यसूची रहेको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिनुभयो । राष्ट्रिय सम्मेलनको आयोजना गरेको माओवादीले शनिबार मात्रै महाधिवेशनमा रुपान्तरण गरेको थियो । आजको बन्दसत्रमा अध्यक्ष प्रचण्डद्वारा पेश गर्ने राजनीतिक प्रतिवेदन र बिधानमा बृहत् छलफल गर्नेछन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार