काठमाडौं, पुस १० ।

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने भएको छ । स्थायी कमिटीको शनिबार बसेको बैठकले काठमाडौंमा आइतबार शुरु हुने राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण प्रस्ताव अघि सारेको छ ।स्थायी समितिका एक सदस्य भन्छन्, ‘अरु दलहरुले महाधिवेशन गरिरहेका बेला राष्ट्रिय सम्मेलन गर्दा ओज पनि कम हुने भयो ।
९ महिनापछि फेरि महाधिवेशन गर्नुपर्ने भएकाले अहिले नै किन नगर्ने भन्ने भयो ।’उनका अनुसार तल्लो कमिटीहरुबाट सम्मेलन गरेर आएकाले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्न लागिएको जनाएको हो ।



312 पटक हेरिएको 
















