महाधिबेशन बिशेषः- महामन्त्रीमा गगन थापा र बिश्वप्रकाश शर्मा बिजयी

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  375 पटक हेरिएको

काठमांडौ, पुस १ । 

नेपाली कांग्रेस १४ औ महाधिबेशन अन्तरगत महामन्त्रीको मतगणना सम्पन्न भएको छ । नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार थापाले ३,०२३ र विश्वप्रकाश शर्माले १,९८४ मत पाएर निर्वाचित भएका हुन् ।

महामन्त्री पदका अरु उम्मेदवारमा डा. प्रकाशशरण महतले १,५५०, प्रदीप पौडेलले १,४०९, डा. मिनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १०७ मत पाए । यद्यपि निर्वाचन समितिले आधिकारिक रुपमा घोषणा गरिसकेको छैन । निर्वाचित गगन कुमार थापा सभापति उम्मेद्वार डा.शेखर कोईराला प्यानलका हुन भने बिश्वप्रकाश शर्मा प्रकाशमान सिंह प्यानलका उम्मेद्वार हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार