काठमाडौं, मंसिर १९ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल पुगेकी छन् । केहीबेर अघि उनी अस्पताल पुगेकी हुन् । प्रधानमन्त्री ओलीलाई अघिल्लो साता एपेन्डिसाइटिसको अपरेशन गरिएको थियो । त्यसपछि उनी अस्पतालमै रहेका छन् । यसअघि पनि राष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीलाई भेट्न अस्पताल पुगेकी थिइन् ।
अस्पताल स्रोतले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओलीलाई ‘सरप्राइज डिस्चार्ज’ गरिनेछ । यस अघि गत बिहीबार मंसिर १२ गते बेलुका बेलुका ७:४० बजे पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति भण्डारी शिक्षण अस्पताल पुगेकी थिइन् । प्रधानमन्त्री ओलीको यही मङ्सिर १० गते एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । यस अघि उनले आफ्नो स्वास्थ्यमा सुधार भइरहेको भिडियो सन्देशमार्फत जानकारी गराएका थिए ।
सम्बन्धित समाचार यो पनि पढ्नुहोस ।