प्रधानमन्त्रि केपी शर्मा ओली हस्पिटल भर्ना, एपेन्डिसाइटिस भएपछि अपरेशनको तयारी

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1190 पटक हेरिएको

काठमाडौं, मंसिर, १० । प्रधानमन्त्रि केपी शर्मा ओली हस्पिटल भर्ना भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएपछि अस्पताल भर्ना भएको हो । अस्पतालले उनको अपरेसनको तयारी गरेको छ ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका डा. अरुण सायमीले भने– प्रधानमन्त्रीको अपरेसनका लागि तयारी भइरहेको छ ।’ स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली मंगलबार बिहान अस्पताल गएका थिए । परीक्षणका क्रममा परीक्षणका क्रममा एपेन्डिसाइटिस देखिएको अस्पतालले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले १२ वर्षअघि प्रत्यारोपण गराएको मिर्गौलामा समस्या देखिएको छ । शरीरमा बढेको एन्टिबडी कम गर्न केही महिनाअघि सिंगापुरमा उनको प्लाज्मा फेरेसिस् गरिएको थियो ।

पछिल्लो पटक भने राजधानीको ग्राण्डी अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलासिस गरिँदै आएको छ । एक महिना अघि मात्र मिर्गौलामा समस्या देखिए पछि प्रधानमन्त्री केपी शर्मा ओलि अचानक ग्राण्डी अस्पतालमा डायलासिस गर्नको लागि हस्पिटल भर्ना भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार