१३ औं सागमा नेपालले भुटानलाई १४१ रनले हरायो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  731 पटक हेरिएको

काठमाडौं, मंसिर, १९ ।

काठमाडौंमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत बिहीबार भएको भुटान विरूद्धको खेलमा नेपालले १४१ रनको विशाल अन्तरको जित निकालेको छ। त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले भुटानलाई २३७ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङ गरेको भुटानले २० ओभरमा ६ विकेट गुमाएर ९५ रनमा सिमित भएको थियो । भुटानलाई सस्तैमा समेट्न पारस खडकाले दुई विकेट लिए भने पवन सराफ, करण केसी र ललित राजवंशीले समान एकएक विकेट लिएका थिए ।

नेपालद्वारा भुटान १४१ रनले पराजित, ज्ञानेन्द्र र पारसको उत्कृष्ट प्रदर्शन

भुटानका लागि रन्जुङ मिक्यो दोर्जीले सबैभन्दा धेरै २७ रन जोडेका थिए । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले टी ट्वान्टीमा सतक प्रहार गरेका छन्। यस अघि नेपाली कप्तान ज्ञानेन्द्र मल्लले ५२ बलमा सतक हानेका थिए। ज्ञानेन्द्रले ५ चौका र ९ छक्का प्रहार गर्दै १०७ रन जोडेर आउट भए ।

निर्धारित २० ओभरको खेलमा नेपालले ३ विकेट गुमाएर २३६ रन बनाएको थियो । नेपालका लागि पारस खड्काले २८ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ५७ रन बनाए । रोहितकुमार पौडेल ६ बलमा छ रन हानेर आउट भए । अर्का ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले अविजित ४५ रन जोडे । उनले २७ बलमा ४ चौका र २ छक्का प्रहार गरे। कप्तान ज्ञानेन्द्र आउट भएपछि ब्याटिङ गर्न आएका आरिफ शेखले ४ बलमा ४ रन जोडे। भुटानको तोब्देन सिंगेले १ र कर्मा दोर्जीले २ विकेट लिएका थिए । नेपाल पहिलो खेलमा श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो । नेपालले तेस्रो खेलमा शुक्रवार माल्दिभ्ससँग खेल्ने छ ।

सम्बन्धित समाचार यो पनि पढ्नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार