१३ औं साग अन्तर्गत साइक्लिङमा नेपालले थप्यो स्वर्ण

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  546 पटक हेरिएको

काठमाडौं, मंसिर, १९ ।

आज भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले साइक्लिङलाई स्वर्ण पदक जितेको छ । काठमाडौं, गोकर्णमा भएको प्रतिस्पर्धामा लक्ष्मी मगरले स्वर्ण जितेकी हुन ।

जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा साइक्लिङमा नेपालले जितेको तेस्रो स्वर्ण हो । यो संगै सागमा नेपालको स्वर्ण संख्या ३१ पुगेको छ ।

साइक्लिङमै उषा खनालले रजत पदक जितेकी छन् । १७ रजत सहित नेपालको अहिलेसम्मको कुल पदक संख्या ७६ पुगेको छ । पदक तालिकाको शीर्ष स्थानमा भने भारत नै कायम रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार