कैलाली नेपाल प्रहरीलाई ठुलो सफलता

नेपाल प्रहरी

प्रकाशित:  769 पटक हेरिएको

काठमाण्डौ,भाद्र १९। कैलाली नेपाल प्रहरीलाई आज नक्कली कागजातहरु तयार गरी संजय शमशेर जंग बहादुर राणा नाम वताउने व्यक्ति लगाएतको समुहले विभिन्न व्यक्तिहरुबाट ठुलो मात्रामा रकम ठगि गरि रहेको भन्ने बिशेष सुचनाको आधारमा केन्द्रिय अनुसन्धान व्युरो तथा यस कार्यालयबाट खटिएको संयुक्त टोलीले जिल्ला कैलाली धनगढी उपमहानगरपालिकाका विभिन्न स्थानहरुबाट निम्न व्यक्तिहरुलाई ठगिमा प्रयोग गरिने विभिन्न कार्यालयका छाप, पत्र, हतियार, गोलि, सुनका गहना, संजय राणाको २ वटा नागरिकता लगायतका विभिन्न सामानहरु सहित बरामदी गरी सम्मानित कैलाली जिल्ला अदालतबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भई रहेको ।
पक्राउ परेका व्यक्तिहरुको विवरण:
१) जिल्ला डोटी रानागाउं गा.वि.स. वडा नं. ९ घर कै.जि.ध.उ.म.न.पा. वडा नं. ६ मटियारी बस्ने बर्ष ३८ को संजय शमशेर जंग बहादुर राणा भन्ने संजय राणा
२) जिल्ला मकवानपुर आमभन्ज्याङ गा.वि.स. वडा नं. १ घर भई जि.कै.ध.उ.म.न.पा. वडा नं. ३ मिलनचोक बस्ने बर्ष २७ को रुद्र प्रसाद अधिकारी
३)जि.कै.ध.उ.म.न.पा. वडा नं. ६ मटियारी बस्ने बर्ष ३३ को कमल ब. बि.क.

बरामद सामानहरू –
पेस्तोल थान १ , रिभल्बर थान १ , कटुवा पेस्तोल थान २ , गोली राउण्ड ७ , बटनवाला चक्कु थान १ , सुनको विभिन्न गर गहना ६७९.३६ ग्राम , संजय राणा र संजय शमशेर जंग बहादुर राणा नाम भएको नागरिकता थान २, विभिन्न व्यक्तिको नाममा लिने दिने गरी बनाएको तमसुक कागज थान २३ १८,०३,६४,०००।-, हस्ताक्षर गरिएको विभिन्न बैकहरुको ब्याङ्क चेक थान ३८ , विभिन्न व्यक्तिको नाममा काटिएको चेकहरु थान १९ रू २,४५,२०,०००।००, नेपाल राष्ट्र बैकले रिलिज गरेको भनिएको नक्कली बैंक ड्राफ्ट थान ३ रू १,०६,३७,७३,१७५।५०; ४१,६५,०३,७८३।०० र ४२,१७,५०,७०७।००, नक्कली छापहरु-थान ४१, नापी कार्यालय धनगढीको छाप थान १ , राजश्व विभाग सेवा कार्यालय सिहदरबार काठमाण्डौको छाप थान २ , मालपोत कार्यालय कैलालीको छाप थान ३ , नापी कार्यालय टिकापुरको छाप थान १ , नापी विभाग टिकापुरको छाप थान २ , मालपोत कार्यालय कैलाली कम्प्युटर फाँटको छाप थान १ , नोटरी पब्लिकको छाप थान १ , कर अधिकृतको छाप थान ३ , मालपोत अधिकृतको छाप थान २ , सुचना तथा संचार मन्त्रालयको छाप थान १ , कार्यकारी निर्देशन नारायण प्रसाद पौडेलको छाप थान १ , नेपाल राष्ट्र बैंक बालुवाटार काठमाण्डौको छाप थान ५ , बर्दगोरिया गा.पा. को छाप थान २ , घोडाघोडी नगरपालिकाको छाप थान १ , धनगढी उप-महानगरपालिकाको छाप थान १ , गोदावरी नगरपालिकाको छाप थान १ , नोटरी पब्लिक भेरिफिकेशनको छाप थान १ , अर्थ मन्त्रालय सिँहदरवारको छाप थान १ , आन्तरिक राजश्व विभागको छाप थान १ , नेपाल राष्ट्र बैंक नेपालगंज बाँकेको छाप थान १ , डा.चिरिन्जिबी नेपाल गभर्नरको छाप थान १ , कार्यालय प्रमुखको छाप थान १ , महालेखा नियन्त्रकको कार्यालयको छाप थान १ , नेपाल राष्ट्र बैँक सिद्धार्थनगर भैरहवाको छाप थान १ , सर्वेक्षकको छाप थान ४ , स्ट्याम्प प्याड थान ६

नक्कली कागजात बनाउन प्रयोग हुने अन्य सामाग्रीहरु

१ बित्तिय कारोबार गर्ने संघ संस्थाले प्रयोग गर्ने A-Z , & र 0-8 सम्मका नम्बर लेखिएका धातुले बनेका वस्तु थान ३६
२ कैलाली जिल्ला अदालत, मालपोत कार्यालय कैलाली, मालपोत कार्यालय टिकापुर, नेपाल राष्ट्र बैँक, यातायात व्यवस्था कार्यालयका नगदी रसिद प्याडहरु
३ पेन ड्राइभ
४ विभिन्न जीवीका मेमोरी कार्ड थान
५ सिम सहितको मोबाईल थान ६ इन्डियन सहित
६ खालि सिमकार्डहरु थान २
७ नम्बर प्रिन्टिङ स्ट्याम्प थान १
अन्य सामानहरु
ट्राफिक प्रहरीले प्रयोग गर्ने सेतो बेल्ट थान १
सिट्टीकर्ड, आर्मब्याज,चेस्ट नेम प्लेट थान १।१
प्रहरीले प्रयोग गर्ने निलो चुस्ता जोर १
बा २० च ४२२० को कार थान १
से २ प ३१२४ नं. को मो.सा. थान १
अन्य विभिन्न कागजात तथा खालि लेटर प्याड, चेक बनाउन प्रयोग हुने पेपर लगायतका सामाग्रीहरु नेपाल प्रहरी कैलालीले बरामद गरेको एक प्रेस मिट तथा सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका छन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार