मोडल तुलशा कटुवालको अभिनय रहेको “प्रत्येक पाईला चाल्दा तिम्रो साथ मिलोस” गीतको भिडियो सार्वजनिक (भिडियो सहित)

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  785 पटक हेरिएको

काठमाण्डौँ, साउन १३ । 

भिजन स्टार मल्टिमिडिया ग्रुपका सिईओ समेत रहेकी कलाकार तथा मोडल तुलशा कटुवाल/शाक्यको अभिनय रहेको र मानाको आनन्दको शब्द रहेको आधुनिक गीत प्रत्येक पाईला चाल्दा तिम्रो साथ मिलोस गीतको भिडियो सार्वजनिक भएको छ । आज ओएसआर मुभिज युबट्युब च्यानलबाट सार्बजनिक गरेको प्रत्येक पाईला चाल्दा गीतमा आवाज भने तिर्थ राज पोखरेल र ममता गुरुङ्गले दिएकी छिन । केहि दिन अघि मात्र सामाजिक संजाल फेसबुकमा उक्त गीतको कभर पोष्टर सार्वजनिक गर्दै प्रत्येक पाईला चाल्दा गीतको भिडियो चाडैँ नै बजारमा ल्याउने उक्त गीतका मोडल तथा कलाकार तुलशा कटुवालले जानकारी गराएका थिए । उक्त गीतको शब्द रचना गरेका गायक मानाको आनन्दले भिडियोमा भने मोडल तुलशा कटुवाल र डाईरेन्टर देबराज आचार्यले अभिनय गरेका छन ।

सामाजिक परिवेश र समाज भित्र हुने बिभिन्न घटनाक्रमलाई चिर्दै सफल ब्यक्ति बन्नको लागि आफुलाई साथ दिने, बिश्वास गर्ने, साहस र भरोसा गर्ने ब्यक्तिको खाँचो रहन्छ र त्यसमा तिमिलाई देख्न पाईयोस जस्ता मार्मिक र प्रेमिल शब्दद्धारा रचित गीतको भिडियो डाईरेक्सन भने गितका मोडल समेत रहेका देबराज आचार्यले गरेका हुन । जीवनमा प्रत्येक पाईला चाल्दा तिम्रो साथ र भरोसा मिलोस भन्ने गीतको भिडियो छायाङ्कन भने क्यामरा तथा ड्रोन प्राबिधिक भने आलोक वाग्ले र सन्तोष लामाले गरेका छन । गीतमा म्युजिक भने गायक तिर्थ राज पोखरेलको रहेको छ । आजमात्र ओएसआर मुभिज अफिसियल युबट्युब च्यानलबाट सार्वजनिक गरिएको प्रत्येक पाईला चाल्दा तिम्रो साथ र भरोसा मिलोस गीतमा सामाजिक परिबेश, माया प्रेम र समाजमा सफल ब्यक्ति बन्नको लागि बिश्वासिलो पात्रको आबश्यक पर्ने र त्यसमा तिम्रै साथ मिलोस भन्ने भाबका सामाजिक यथार्थलाई उतार्ने प्रयास गरिएको छ ।

आजभोलिको सामाजिक परिबेश युवा युवती बिच देखिने त्रिकोणात्मक माया र त्यस भित्र उब्जिने शंका उपशंकाहरुको समिश्रण सहितको परिघटनाले एक ब्यक्तिलाई सफल बन्न बाधक हुने र ब्यक्ति सफल बन्नको लागि एक आड भरोसा र बिश्वास गर्न लाएक मान्छेको आबश्यक पर्ने भाबलाई उक्त गीतमा देखाउन खोजिएको कलाकार तथा मोडल तुलशा कटुवाल/शाक्यले भिजन अनलाईन न्युजलाई बताउनु भयो । उनै कलाकार तथा मोडल तुलशा कटुवालको अभिनय रहेको उक्त गितमा गायक तिर्थ राज पोखरेल र गायिका ममता गुरुङ्गको मिठो आवाजमा रहेको प्रत्येक पाईला चाल्दा तिम्रो साथ मिलोस गीतको भिडियो तल साभार गरेका छौँ हेरेर प्रतिक्रिया दिनु होला ।

सम्बन्धित समाचार यो पनि हेर्नुहोस् । 

सुनिल कटुवालको शब्द र उर्मिला मगरको आवाजमा रहेका “धोका दिने तिमि” सार्बजनिक(भिडियो सहित)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार