सुनिल कटुवालको शब्द र उर्मिला मगरको आवाजमा रहेका “धोका दिने तिमि” सार्बजनिक(भिडियो सहित)

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  423 पटक हेरिएको

काठमाण्डोँ, असोज ८ ।  

गायक सुनिल कटुवालको शब्दमा रहेको आधुनिक गीत धोका दिने तिमि धोकेबाज हुने म गीतको भिडियो सार्वजनिक भएको छ । आज बेलुकि सुनिल कटुवाल ईन्टरटेनमेण्ट च्यानलबाट सार्बजनिक गरेको धोका दिने तिमि गीतमा आवाज भने उर्मिला मगरले दिएकी छिन । केहि दिन अघि मात्र सामाजिक संजाल फेसबुकमा उक्त गीतको कभर पोष्टर सार्वजनिक गर्दै धोका दिने तिमि गीतको भिडियो चाडैँ नै बजारमा ल्याउने जानकारी गराएका थिए । उक्त गीतको शब्द रचना गरेका गायक सुनिल कटुवालले भिडियोमा भने आफै अभिनय गरेका छन । गायक सुनिल कटुवालसँगै मोडल तथा कलाकार तुलशा कटुवाल र नव कलाकार तथा मोडल सरु बिष्टले अभिनय गरेका छन । मनको मोल तिमिले गर्यौ मत मन बिहिन भए धर्ति तिम्रो आकाश तिम्रो म त अर्थहिन भए जस्ता मार्मिक शब्दद्धारा रचित गीतको भिडियो डाईरेक्सन भने योगेन्द्र कार्कीले गरेका हुन ।

उक्त गीतको म्युजिक भने भिम बि.सिले गरेका हुन । गीतको भिडियो कोरियोग्राफर भने मनोज ढकालले गरेका हुन् । यसअघि गायक सुनिल कटुवालको आफ्नै आवाजमा बिभिन्न चर्चित गितहरु बजारमा आईसकेको छ । आजमात्र सुनिल कटुवालको आफ्नै अफिसियल युबट्युब च्यानल सुनिल कटुवाल ईन्टरटेनमेण्ट च्यानलबाट सार्वजनिक गरिएको धोका दिने तिमि, धोकबाज हुने म गीतमा सामाजिक परिबेश, माया पिरेम र त्यसको यथार्थलाई उतार्ने प्रयास गरिएको छ । आजभोलिको सामाजिक परिबेश युवा युवती बिच देखिने त्रिकोणात्मक माया र त्यस भित्र उब्जिने शंका उपशंकाहरुको समिश्रण सहितको परिघटनालाई उक्त गीतमा देखाउन खोजिएको गायक तथा रचनाकार सुनिल कटुवालले भिजन अनलाईन न्युजलाई बताउनु भयो । उनै गायक तथा रचनाकार सुनिल कटुवालको शब्द रहेको र गायिका उर्मिला मगरको मिठो आवाजमा रहेको धोका दिने तिमि गीतको भिडियो तल साभार गरेका छौँ हेरेर प्रतिक्रिया दिनु होला ।

धोका दिने तिमि गीतको भिडियो 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार