कमल थापालाई हराउदै राप्रपाको अध्यक्षमा राजेन्द्र लिङदेन बिजयी

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  581 पटक हेरिएको

काठमांडौ, मंसिर १९ । 

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन्। आज बिहान सकिएको मतगणनाअनुसार लिङ्देन अध्यक्षमा निर्वाचित भएका हुन्।

उनले अध्यक्षका अर्का उम्मेदवार कमल थापालाई हराएका छन्। राप्रपाका एक नेताका अनुसार लिङ्देन विजयी भइसकेका छन्।

निर्वाचन समितिले औपचारिक घोषणा गर्न बाँकी रहेको जानकारी दिएका छन ।राप्रपाको एक मात्र सांसद रहेका लिङदेनले राप्रपाका अध्यक्ष समेत रहेका कमल थापालाई हराएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार