जापान, मंसिर ५ ।
भिजन अनलाईन न्युजद्धारा आयोजना गर्दै आईरहेको राष्ट्रको लागि अन्तराष्ट्रिय युवा बहस कार्यक्रम बिगतका दिन देखि निरन्तर भिजन अनलाईन न्युज र भिजन एच।डि।टि।भिबाट प्रत्येक बिहिबार जापानको फुकुओकाबाट पसारण गर्दै आईरहेको छ । बिश्व भरि छरिएर रहेका युवा तथा देशको समृद्धि, बिकास र परिवर्तन चाहने युवाहरुलाई जोडी राष्ट्र निर्माणको लागि बहस चलाउदै आईरहेको छ । आजको मितिसम्म ६ एपिसोड प्रसारण गरिसकेको कार्यक्रम अन्तराष्ट्रि युवा बहस कार्यक्रममा गैर आवासीय नेपाली संघ, जापानका क्षेत्रिय उपाध्यक्ष दिपक काकींसँगको बहस कार्यक्रमण प्रसारण गरेका थियौँ ।
उक्त कार्यक्रममा बोल्दै क्षेत्रिय उपाध्यक्ष दिपक कार्कीले बिश्व भरि महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण उत्पन्न जटिल अवस्थालाई बिश्व भरि छरिएर रहेका नेपालीहरु माझ मध्यस्तकर्ताको भूमिकामा काम गरिरहेको जनाएको छ । जापानको परिबेशमा कोरोना संक्रमण फैलिएको अबस्थामा जापानबाट नेपाल जाने र नेपालबाट जापान आएका नेपाली समुदायलाई गैर आवासीय नेपाली संघ जापानले रचनात्मक काम गरेको बताएका छन । राष्ट्र निमार्णको लागि पनि एनआरएनए जापानले रचनात्मक काम गरेको बताएका हुन । राष्ट्र निर्माणको लागि गैर आवसीय नपाली समुदायको महत्वपुर्ण भूमिका रहेको र बिदेशमा रहेका नेपालीको लगानी सुरक्षाको सरकारले ग्यारेन्टी लिए गैर आवासीय नेपालीहरु राष्ट्र निर्माण्मा युवाहरुलाई सहभागिता गराउनको लागि औद्योगिक क्षेत्र, कषि तथा अनुसन्धानको क्षेत्रमा लगानी गर्न समेत तयार रहेको बताएको छ । तर नेपालमा लगानी गर्नको लागि सरकारले सम्पति तथा लगानीको सुरक्षाको ग्यारेन्टी लिनु पर्ने पनि बताएका हुन ।
भिजन अनलाईन न्युजद्धारा आयोजना गर्दै आईरहेको राष्ट्रको लागि अन्तराष्ट्रिय युवा बहस कार्यक्रममा बोल्दै जापानमा पछिल्लो समय नेपाली समुदायमा नैरास्यता बढेको र आत्महत्या जस्ता द्धटनाहरु बढेको पनि बताएका हुन । जापानमा नेपाली समुलायहरु ज्ञान गुनका कुराहरुमा भन्दामा पनि रमाईलो, पार्टी भोजमा मात्र सिमित हुने नेपाली संघसंस्थाले गरेका बिभिन्न निति नियम लगायतका अत्याबश्यक सेमिनारहरुमा भने सहभागिता न्युन रहेकोले जापानमा बस्ने नेपाली समुदाय बिषेशत बिद्यार्थी समुदायले आफ्नो सोच बिचार र नेपाली संघसंस्थासँग सम्पर्कमा रहेर आफु भित्र रहेका समस्या सियर गर्नुपर्ने बताएका हुन । उनै गैर आवासीय नेपाली संघ, जापानका क्षेत्रीय उपाध्यक्ष दिपक कार्कीसँग गरिएका राष्ट्रका लागि अन्तराष्ट्रिय युवा बहस कार्यक्रम हेर्नका लागि तल भिडियो हेर्न नभुल्नु होला ।
राष्ट्रका लागि अन्तराष्ट्रिय युवा बहस कार्यक्रम हेर्नका लागि तल भिडियो क्लिक गर्नुहोला ।