काठमाडौं, मंसिर १७ ।
सञ्चारकर्मी तथा गीतकार पुरुषोत्तम लामिछानेको नयाँ गजल कस्तो होला को म्युजिक भिडियो सार्वजनिक भएको छ । जापानमा बसेर संचारकर्ममा रही देश विदेश बिभिन्न समाचारहरू संप्रेषण गर्दै आएका पुरुषोत्तम लामिछाने गीत संगीतमा पनि उत्तिकै रुचि राखी गजलहरु लेख्दै आउनु भएको छ ।
प्रिन्स ड्यानियलको निर्देशनमा बनेको भिडियोमा चर्चित कलाकार तथा संचारकर्मी शिशिर भण्डारी, सबिना गहतराज र शयनम अधिकारीको अभिनय छ । गीतमा कोरियोग्राफी शयनम अधिकारीले गरेका छन् भने छाँयांकन र सम्पादन पवन सुस्लिङको छ ।
दिनेश गौतमको स्वरमा रहेको यो गजलमा संगीत पुस्तक प्रसादको छ । संगीत संयोजन एसके बच्चाको रहेको छ । भिडियो दिपश्री क्रियटिभ मिडिया युट्युब च्यानलमा अपलोड गरिएको छ ।
गीतकार लामिछाने अहिले जापानमा छन् । उनले यसअघि चाह एल्बम बजारमा ल्याईसकेका छन् । प्रवासमा रहेर पनि उनी नेपाली गीतसंगीतलाई माया गर्दै लेखनमा व्यस्त छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोला ।