नेपाली काग्रेस ललितपुरको मतगणना सम्पन्न, ललितपुर जिल्ला सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ विजयी

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  463 पटक हेरिएको

ललितपुर, मंसिर १२ ।  

देशका बिभिन्न जिल्ला तथा क्षेत्रमा भईरहेको नेपाली काग्रेसको १४ औँ अधिबेशन सम्बन्धि स्थानीय तह, क्षेत्रिय तह र जिल्ला स्तरीय अधिबेशन चलिरहेको छ । सोही अनुरुप नेपाली कांग्रेसको ललितपुर जिल्ला सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन् । ललितपुर जिल्लामा आइतबार भएको दोस्रो चरणको मतदानमा उनले ६६५ मत पाए भने अर्का उम्मेदवार रामकृष्ण चित्रकारले ६५३ मत पाएका थिए ।

विजयी श्रेष्ठलाई कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका नेता उदयशम्शेर जबराको समर्थन थियो । जिल्ला सभापति चयनका लागि शनिबार ३ जनाबीच प्रतिस्पर्धा भएको थियो । तर मतगणनामा कुनै उम्मेदवारले पनि ५० प्रतिशत मत पाउन नसकेपछि धेरै मत ल्याउने श्रेष्ठ र चित्रकारबीच दोस्रो चरणमा प्रतिस्पर्धा भएको थियो । शनिबार भएको मतगणनामा कम मत आएपछि सभापतिका उम्मेदवार मीनकृष्ण महर्जन बाहिरिएका थिए र उनले चित्रकारलाई समर्थन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार