ओलीको दक्षिणपन्थी गठबन्धनलाई चुनाबमा धुलो चटाउँने एकीकृत समाजबादीका अध्यक्ष नेपालको चेतावनी

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  555 पटक हेरिएको

ललितपुर, मंसिर  ११ ।  

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आगामी निर्वाचनहरूमा धुलो चटाउने चेतावनी दिएका छन् । अध्यक्ष नेपालले ओली दक्षिणपन्थी गठबन्धनको आडमा प्रगतिशील राजनीतिक परिवर्तनहरूलाई ध्वस्त पार्दै कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने दिशामा उद्यत भएको बताए । नेकपा एकीकृत समाजवादीको गोदावरी नगरकमिटी घोषणा तथा शपथ ग्रहण समारोहमा बोल्दै नेता नेपालले उक्त कुरा बताएका हुन् ।

अध्यक्ष नेपालले विद्रोहको जगमा निर्माण भएको एकीकृत समाजवादी पार्टीले सबै परिवर्तनकारी प्रगतिशील र कम्युनिस्ट पार्टीहरूलाई गोलबद्ध गर्दै बृहत् कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्ने बताए । परिवर्तन पक्षधर शक्तिहरूको गठबन्धनले दक्षिणपन्थी गठबन्धनलाई आगामी राष्ट्रिय सभा निर्वाचनबाटै परास्त गर्न सुरु गरेर तिनै तहका निर्वाचनमार्फत पराजित गर्ने ठोकुवा गरेका हुन् ।

नेकपा एमालेको १०औं महाधिवेशनको सन्दर्भमा बोल्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमाले कम्युनिस्ट आन्दोलनको लिकबाट बाहिरिएको बताउँदै ओलीले विभिन्न शक्तिहरूको डिजाइनमा कम्युनिस्ट आन्दोलन सिध्याउन खोजेको बताए । अध्यक्ष नेपालले भने, ुचितवनमा ओलीको प्रशंसा कसकसले गरे त्यसैबाट ओलीको कस्तो गठबन्धन छ प्रस्टै भएको छ । राजतन्त्र पक्षधर र देशलाई विखण्डन गर्ने एवं संविधान च्यात्नेहरूले ओलीको प्रशंसा गरेकोले अहिलेको द्वन्द्व परिवर्तन पक्षधर र परिवर्तन विरोधी शक्तिबीचको भएको बताए ।

एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा स्वास्थ्यमन्त्री विरोध खतिवडाले ओली र एमाले कम्युनिस्ट नभएको बताएका छन् । खतिवडाले उनीहरू आफैं सिद्धान्त विचार र निष्ठा सकिएकाले नाम र चुनाव चिन्ह मात्रै भजाएर जनता लोभ्याउँदै हिँडेको बताए । भाडाका मान्छेको ताँती लाएर ओलीको पूजा गरेर कम्युनिस्ट आन्दोलन नजोगिने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार