कानुन ब्यबसायीहरुद्धारा गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा माग

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  71 पटक हेरिएको

काठमाडौँ, मंसिर ५ ।  

कानुन ब्यबसायीहरुले सर्वोच्च अदालतका प्रधानन्यायधिसको राजिनामा माग गर्दै निरन्तर धर्ना तथा आन्दोलन गर्दै आईरहेको छ । आन्दोलन तथा धर्नाको क्रममा सरकारले कानुन ब्यबसायीहरुलाई दमन गर्न खोजेको भन्दै कानुन व्यवसायीहरुले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा मागेका छन् । सर्वोच्च अदालत परिसरभित्र सशस्त्र र दंगा प्रहरी परिचालन गरेर कानुन व्यवसायीमाथि दमन गरेको भन्दै उनीहरुले गृहमन्त्री खाँणको राजीनामा माग गरेका हुन् ।

कानुनको मन्दिरभित्र सयौं दंगा प्रहरी उपस्थित गराएर कानुन व्यवसायीहरुमाथि दमन गर्न खोजिएको उनीहरुले बताएका छन् ।
आजको प्रदर्शनमा वकिलहरुले ‘दंगा प्रहरी बाहिर जा’ भन्दै नारा लगाएका थिए । कानुन व्यवसायीले गृहमन्त्री, प्रधानन्यायाधीश, अदालत प्रशासन र प्रहरीविरुद्ध नाराबाजी गरेका हुन् ।

वकिलहरुले अदालत परिसरभित्र धर्ना दिन थालेयता सर्वोच्च अदालतमा प्रहरी र सुरक्षा बढाइएको छ । अदालत परिसरभित्र सशस्त्र प्रहरी समेत उपस्थित भएपछि कानुन व्यवसायीहरुले हटाउन माग गर्दै आएका छन् । आज कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबरालाई ‘गुण्डा नाइके’ भन्दै राजीनामा माग गर्दै नाराबाजी गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार