एमाले १० औँ महाधिबेशनमा अध्यक्ष पदमा उम्मेद्वारी दिने भीम रावलको तयारी पत्रकार सम्मेलन गर्दै

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  74 पटक हेरिएको

काठमाडौं, मंसिर ५ ।  

नेकपा एमालेको आउदो मंसिर १० गते चितवनमा हुन गईरहेको १० औँ महाधिबेशनमा हालसम्म कुनै पनि ब्यक्तिले कुनै पनि पदमा उम्मेद्धारी घोषणा नगरेको अबस्था रहेको छ । यसै क्रममा नेकपा एमालेका उपाध्यक्ष भीम रावलले भने अध्यक्ष पदमा उम्मेद्वारी दिने तयारी गरेका जनाएको छ । चितवनमा हुने १०औं महाधिवेशनमा अध्यक्ष पदको उम्मेद्वार रहेको जानकारी दिन रावलले पत्रकार सम्मेलन गर्दैछन् ।

‘सहमति नजुटेपछि अध्यक्ष पदको तयारी भएको छ । पत्रकार सम्मेलनबाट त्यसको जानकारी दिनुहुन्छ’, रावल निकट नेता झपट रावलले भने । उपाध्यक्ष रावल १० बुँदे सहमति मार्फत् एमालेमै बसेका हुन् । तर १० बुँदे सहमति कार्यान्वयनमा अध्यक्ष केपी शर्मा ओली नै तयार नभएको भन्दै रावलले असन्तुष्टि जनाउँदै आएका छन् । सूदुरपश्चिम प्रदेशमा रावलले समानान्तर गतिविधि समेत चलाइरहेका छन् ।

‘एकताबद्ध पार्टी बनाउन पनि उहाँको उम्मेद्वारी आवश्यक परेको हो’, रावल निकट अर्का केन्द्रीय सदस्य प्रकाश साहले भने । एमालेको नवौं महाधिवेशनमा उपाध्यक्ष निर्वाचित रावल माधवकुमार नेपाल निकट थिए । तर २ भदौमा नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी बन्दा रावल एमालेमै बसे । पछिल्लो समय नेकपा एमाले भित्र नेपाल पक्षलाई छाडी नेकपा एमाले भित्रै बसेको अबस्थामा पार्टी भित्र १० बुँदे सम्झौताको पालना नगरेको र त्यस भित्र पनि भिम रावल बढि पेलिएको अबस्थामा रहेको र भिम रावल नै अध्यक्ष वलीको बिरुद्ध अध्यक्ष पदमा उम्मेद्धारी दिने बताएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार