
काठमाडौं, कार्तिक १२ । नेपाल संवत १०४० आजबाट सुरु भएको छ । नेपालको मौलिक संवतका रुपमा रहेको नेपाल सतको पहिलो दिन काठमाडौंका विभिन्न स्थानमा भिन्तुना र्याली निकालिएको छ ।

राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ इ सं ८८०० मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको शुरुवात गराएका थिए ।

सम्पूर्ण परिवार एकै ठाऊमा जम्मा भएर मण्डप बनाई घरको मूलीले सबैलाई ३/३ पटक सम्म पूजा गरेर सगुन खाने र अन्त्यमा भोज गरी मनाऊँने प्रचलन छ । सोही प्रचलन र नेवारी संस्कृतिको संरक्षणको लागी र मह:पूजा गर्नाले जीवन सुद्धि हुने धार्मिक बिश्वास रहीआएकोले रात भरी लगाएर मह:पूजा गर्नाले राक्षस वा सत्रुको नास हुने किंबदंती रहदै आएको छ । नेवारहरुको महःपुजाको समापन सङ्गै शुरु हुने नेपाल सम्वत आजबाट शुरु भएको छ ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारले यस संवतलाई राष्ट्रिय संवतका रूपमा मनाउने घोषणा गरेपनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन ।

हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । नेपाल संवतलाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वर लगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ ।


