मलेसियाबाट मिस कस्मोपोलिटन वल्ड २०१९ का प्रतिस्पर्धी प्रियाको अपिल

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  2143 पटक हेरिएको

मलेसिया अक्टोबर, १७ । बिश्वका सुन्दरीहरुको सहभागितामा बिभिन्न किसिमका सुन्दरी प्रतियोगिताहरू भई रहेको हुन्छ । बिगतका दिनमा पनि नेपालको प्रतिनिधित्व गर्दै शृंखला खतिवडा चीनमा भएको मिस वल्डमा सहभागी भएकी थिई ।

त्यस्तै सुन्दरीहरुको मिस कस्मोपोलिटन वल्ड २०१९ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै मिस प्रिया रानी लामाले सहभागिता जनाईरहेकि छिन । यही अक्टोबर ७ तारिक देखी अक्टोबर २५ तारिकसम्म सुचारु हुने मिस कस्मोपोलिटन वल्ड २०१९ मा नेपालबाट प्रतिनिधित्व गरेकी मिस प्रिया रानी लामाले विविध विषयलाई समावेश गर्दै आफ्नो प्रस्तुतिहरू दिदै आईरहेकी छिन ।

नेपालको जनकपुरमा जन्मेकी प्रिया रानी लामाको स्थायी घर भने सिरहाको गोलबजार रहेको तर हुर्के बढेको र अध्ययन सबै धरानबाट गरेको उनि बताउछिन । आमा बुबा दुबै जना राष्ट्रसेवक कर्मचारी भएकोले पनि सबै क्षेत्रमा परिवारको रोकतोक नभएकोले मेडिकल माईक्रो बायोलोजीमा डिग्री गर्न सफल भएको उनी बताउछिन । लामो समय टेलिभिजन कार्यक्रम सञ्चालिकाको समेत अनुभव भएकी प्रिया रानी लामा लेट मि डान्स नेपाल सिजन २ को कार्यक्रम सञ्चालिका समेत हुनुहुन्छ ।

उनै कायक्रम सञ्चालिका तथा मिस कस्मोपोलिटन वल्ड २०१९ प्रतियोगिताको प्रतिस्पर्धीसँग भिजन अनलाईन न्यूजले गरेको टेलिफोन संबाद साराशं यहाँ प्रस्तुत गरिएको छ ।

मलेसियाको क्वालालम्पुरमा जारी रहेको यहि आउँदो अक्टोबर २५ अर्थात् कार्तिक ८ गते आयोजना हुने मिस कस्मोपोलिटन वल्र्ड २०१९ को ग्राण्ड फिनालेका लागि नेपालका तर्फबाट प्रिया रानी लामाले प्रतिस्पर्धा गरिरहेकी छिन् । विश्वका ४२ मुलुकका सुन्दरीहरुले प्रतिस्पर्धा गरिरहेको सो प्रतियोगिताको हाल विभिन्न अवार्डको प्रतिस्पर्धा तथा बिभिन्न तालिमहरु संचालन भइरहेको छ ।

गत साता सम्पन्न बेस्ट ट्यालेन्ट राउण्डमा नेपालमा बढ्दै गएको पछिल्लो बलात्कारको घटनालाई अभिनयमा प्रस्तुत गर्दै बेष्ट रनर अपमा सहभागि भएकी प्रिय रानी लामाले फर्स्ट रनर अपको टाईटल हात पार्न सफल भएकी थिईन भने बेष्ट ट्यालेन्ट राउण्डको बिजेता भने जापानका प्रतिस्पर्धी भएकी थिईन, सेकेन्ड रनर अप न्यूजिल्याण्डकी प्रतियोगीले हात पार्न सफल भएकी थिईन । भने फिनालेको लागि प्रतियोगितामा सहभागी भईरहेका प्रतिस्पर्धीहरुलाई विभिन्न क्षेत्रको अनुगमन भ्रमण गराईरहको पनि भिजन अनलाईन न्यूजसँगको टेलिफोन अन्तवार्ताको क्रममा प्रिया रानी लामाले जानकारी गराउनु भयो ।

भिजन अनलाईन न्यूजसँगको टेलिफोन अन्तवार्ताको क्रममा आयोजक कमिटिले लैजाने विभिन्न किसिमको अनुगमन भ्रमणको क्रममा समेत जजहरुले हाम्रो व्यवहार, बोलिचालि लगायत समपूर्ण पक्षको जज गरिरहेको हुने भएकोले फाईनल जित भने आफ्नो प्रस्तुति र जजको हातमा हुने बताउछिन मिस कस्मोपोलिटन वल्र्ड २०१९ का प्रतिष्पर्धी प्रिया रानी लामा ।

अहिले फिनालेमा उच्चतम अंक ल्याउन तथा मिसियोलोजी च्योइस पोलमा जिताउन मिसियोलोजीको फेसबुक पेजमा गएर प्रिया रानी लामाको फोटो लाइक तथा कमेन्ट गनुपर्ने भन्दै सामाजिक सञ्ञ्जाल फेसबुकबाट सबैलाई अपिल समेत गरेकी छिन। आफ्नो तर्फबाट उत्कृस्ट पर्फोर्मंस दिदै मिस कस्मोपोलिटन वल्र्ड २०१९ को ताजको लागि सक्दो मिहिनेत गरिरहेको तर अन्तिम निर्णय भने जजको हातमा हुने मलेसियाबाट प्रियारानी लामा बताउछिन ।

तर पनि फाईनल अगाडि दुई राउण्ड बाकि रहेकोले त्यस राउण्डमा आफ्नो पनि प्रस्तुती रहेकोले त्यसले जजहरुलाई कतिको प्रभावमा पार्न सकिन्छ त्यो भने हेर्न बाँकि नै रहेको छ । अझ र्फानल राउण्ड भन्दा अगाडि नेशनल कस्टुम राउण्ड, बेष्ट गाउन राउण्ड र भिक्टोरिया सेक्रेट राउण्ड हुने र त्यस कै आधारमा फाईल हुने भिजन अनलाईन न्यूजसँगको अन्तवार्तामा मलेसियाबाट प्रियारानी लामा बताउछिन ।

देश कै प्रतिनिधित्व गरिरहेको अवस्थामा राष्ट्रको राष्ट्रिय स्तरको सञ्चार माध्यमले उपेक्षा गरेकोमा गुनासो गर्दै प्रचार प्रसारमा सहयोग गर्न समेत अपिल गर्दै सबैको साथ, माया, सर्पोट र हौसल्ला पाएको खण्डमा आफुले जित हात पार्न सहज हुने बताउदै च्वाईस पोल अन्तर्गत पब्लिक च्वाईस बिजेताको लागि सक्दो सहयोग गर्न समेत अनुरोध गरिन ।

यस अघि प्रियाले भारतको नया दिल्लीमा संचालन भएको फेश अफ ब्युटी इन्टरनेसनल २०१८ मा नेपालको तर्फबाट सहभागिता जनाएकी थिइन् । प्रतिस्पर्धामा उनले समग्रमा टप ट्वेन्टी स्थानसम्मको यात्रा तय गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार