गायक श्याम सितल (श्रेष्ठ)को आवाजमा रहेको आधुनिक गित “नैना म तिम्रो यादमा छु कि छैन” गीतको अफिसियल म्युजिक भिडियो सार्वजनिक

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  404 पटक हेरिएको

जापान, कार्तिक ४ । 

गायक श्याम सितल (श्रेष्ठ)को आवाजमा रहेको आधुनिक गित “नैना म तिम्रो यादमा छु कि छैन” गीतको अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ । हिजो साँझ श्याम सितल (श्रेष्ठ)को अफिसियल युबट्युब च्यानलबाट सार्बजनिक गरेको “नैना म तिम्रो यादमा छु कि छैन” गीतको रचनाकार समेत गायक श्याम सितल स्वयमले गरेका हुन । केहि दिन अघि मात्र सामाजिक संजाल फेसबुकमा उक्त गीतको कभर पोष्टर सार्वजनिक गर्दै “नैना म तिम्रो यादमा छु कि छैन” गीतमा चर्चित कलाकारहरुले अभिनय गरेको समेत जानकारी गराएका थिए ।

उक्त गीतमा चर्चित कलाकार राज आर्चाय र नायिका गरिमा शर्माको अभिनय रहेको छ । मोडल तथा नायिका समेत रहेकी गरिमा शर्माको भने नेपाली सांगितिक क्षेत्रमा मात्र नभई नेपाली चलचित्र क्षेत्रमा समेत आफ्नो नाम स्थापित गरिसकेकि नायिका समेत हुन भने कलाकार राज आर्चाय पनि नेपाली टेलि चलचित्र जिरेखुर्सानी र तितोसत्य जस्ता चर्चित टेलिफ्लिममा समेत काम गरिसकेका कलाकार हुन । उक्त गितको भिडियो डाईरेक्सन भने गम्भिर बिष्टले गरेका हुन भने क्यामराम्यानको भुमिकामा पवन सुस्लिङ्ग रहेको छ । उक्त गितको अभिनित कलाकारहरुको लागि ड्रेस डिजाईन भने कुसुम बेन्क्विटले ब्यबस्थापन गरेको जनाएको छ ।

गायक श्याम सितल (श्रेष्ठ)को आफ्नै अफिसियल युबट्युब च्यानलबाट सार्वजनिक गरीएको “नैना म तिम्रो यादमा छु कि छैन” गीतमा सामाजिक परिबेश, माया पिरेम, परदेशीको कथा र बिछोड पछिको मिलनले श्रृजित खुसीलाई भिडियोमा उतार्ने प्रयास गरिएको छ । नेपाली समाजमा महिलामाथि हुने सामाजिक अन्याय र त्यसले महिला दिदिबहिनीहरुमा पार्ने प्रभाब, न्यायको लागि गर्नुपर्ने संर्घष, समाजले हेर्ने दृष्टिकोणलागि उतार्ने प्रयास गरिएको गायक तथा सफल ब्यबसायी समेत रहेका गायक श्याम सितल श्रेष्ठले बताउनु भयो । म्युजिक भिडियामो उनै चर्चित कलाकार राज आर्चाय र नायिका गरिमा शर्माको अभिनय रहेको गितको भिडियो तल साभार गरेका छौँ हेरेर प्रतिक्रिया दिनु होला ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार