मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै, आज १२ बजेको लागि बैठक तय

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  615 पटक हेरिएको

काठमाडौं, असोज ११ । 

मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक मध्याह्न १२ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । मन्त्रिपरिषदको नियमित बैठक सामान्यतया सोमबार र बिहीबार बस्ने गर्दछ । तर प्रधानमन्त्री ओलीले आइतबार नै आकस्मिक बैठक बोलाएका छन् ।

मन्त्रिपरिषद पुनगर्ठनको चर्चा चलिरहेको बेला बोलाइएको आकस्मिक बैठकलाई चासोपूर्वक लिइएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने आजको बैठक पनि नियमितजस्तै भएको बताए । उनले भने, ‘कुनै विशेष एजेण्डा भए–नभएको मलाई जानकारी त छैन तर यो पनि नियमित बैठक जस्तै हो ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार