एनआरएनए मेरो साथी अन्तर्गतको दशौ शृंखला जापानमा नेपाल फेष्टिबलको आबश्यकता महत्व र हाम्रो जिम्मेवारी विषयक छलफल आयोजना गर्दै

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  605 पटक हेरिएको

जापान, साउन ३ । 

एनआरएनए मेरो साथी अन्तर्गतको दशौ शृंखला जापानमा नेपाल फेष्टिबलको आबश्यकता महत्व र हाम्रो जिम्मेवारी विषयक बिशेष बहस हुने भएको छ । गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद जापानद्वारा संचालन गर्दै आइरहेको एनआरएनए मेरो साथीको यो बिशेष बहस रहेको संचालक तथा सचिब श्याम सितल ज्युले जानकारी गराउनु भएको हो ।गैर आवासिय नेपाली संघ रा स प जापानको एउटा सु-सुचित गराउने अभियान { NRNA मेरो साथी }अन्तर्गतको नवौ श्रिङ्खलामा पछिल्लो समय जापानमा नव प्रबेशि नेपालीहरुको चाप बढे संगै नेपाली समुदाय अन्तर्गत रहेको “जापानमा नव प्रबेशि बिध्यार्थीहरुका लागी Part Time Job सम्बन्धी समस्या र समाधान” बिषयक कार्यकम सम्पन्न गरीएको थियो ।

जापानमा नेपाल फेस्टिबलको आवश्यकता महत्व र हाम्रो जिम्मेबारीको विषयमा बहस गर्नको लागी गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रीय समन्वय परिषद आइसीसीका उप महासचिब तथा निवर्तमान अध्यक्ष ओम गुरुङ, आइसीसी एसिया प्यासिफ़िक़ संयोजक तथा निवर्तमान अध्यक्ष पारसमणि पोखरेल र एनसीसी जापानका अध्यक्ष शिब प्रसाद पौडेलको सहभागी रहने भएको छ । उक्त बहसमा जापानमा गरिने नेपाल फेस्टिबल किन र के का लागी ? जापानी समुदायमा नेपाल फेस्टिबलले पार्ने प्रभाब । नेपाल फेस्टिबलमा नेपाली समुदायको भुमिका लगायतका विषयमा अन्तरक्रिया तथा बहसहुने सचिब श्याम सितल ज्युले भिजन अनलाइन न्युजलाई जानकारी गराउनु भयो ।

नेपाली कला, संस्कृति, भेषभुषा तथा नेपाली परिकारहरु एवं नेपालको परिचय जापानिज नागरिकहरुलाई परिचय गराउनुको साथै हाम्रो कला(सांस्कृतिक आदन(प्रदान गर्ने उदेश्यले आयोजित मेला यहि जुलाई ३० र ३१ तारिक एनआरएनए जापानको आयोजनामा नाकानो सिकिनो मोरि पार्कमा हुने तय भएको छ । फेस्टिवलका प्रचाररप्रसार संयोजक तथा एनआरएनए जापानका उपाध्यक्ष रामकृष्ण श्रेष्ठका अनुसार,अनौपचारिक रुपमा व्यापक प्रचार प्रसार भईरहेको फेस्टिवलको २२ तारिख पत्रकार सम्मेलन आयोजना गरि औपचारिकरुपमा जानकारी गराउन लागिएको यस अघि नै बताईसक्नु भएको छ ।

आयोजका अनुसार नेपाल फेस्टिवल २०२२ को तयारी अन्तिम चरणमा पुगिसकेको छ । जापानमा नेपालीहरुको गौरवकोरुपमा चिनिँदै आएको नेपाल फेस्टिवलको यो १२ औँ संस्करणको हालसम्मको तयारी,फेस्टिवलमा २ दिनसम्म प्रस्तुत हुने कार्यक्रमहरु, त्यहाँ रहने विभिन्न स्टलहरु, सुरक्षाका उपायहरु लगायतका विषयमा पनि जापानबासी नेपाली दाजुभाई दीदीबहिनी लगायत सम्पूर्ण नेपाली समुदायलाई जानकारी गराउने उद्देश्यका साथ उक्त विषयमा बहस गर्न लागीएको सचिब श्याम सितल ज्युले जानकारी गराउनु भयो ।

उक्त एनआरएनए मेरो साथी अन्तर्गतको दशौ शृंखला यही  २३ तारिक शनिबार बेलुकी ५ः०० बजेबाट आयोजना गरीने भएको छ । यो कार्यक्रम यही जुलाई २३ तारिक शनिबार बेलुकी ५ बजेबाट भिजन अनलाईन न्युज लगायत बिभिन्न संचारमाध्यमबाट एकसाथ प्रसारण हुने समेत जानकारी गराउनु भएको छ ।

सम्बन्धित समाचार यो पनि पढ़नुहोस ।

नेपालीहरुको प्रतिष्ठा र लामो इतिहास बोकेको ‘१० औं नेपाल फेस्टिवल फुकुओका-२०२२’ अगस्ट ६ गते शनिबार हुने

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार