काठमाण्डौँ, असार २९ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाड्नुअघि देशवासीका नाममा सम्बोधन गर्ने तयारी गरेका छन्। प्रधानमन्त्री ओलीले सम्बोधनको तयारी गरेको भए पनि समय तय नभइसकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई आज ५ बजेसम्मको समय दिएको छ। त्यसअघि नै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी गरेका हुन्।
नेकपा एमालेको स्थायी समिति बैठक आज दिउँसो १ बजे बालुवाटारमा डाकिएको छ। तर बैठक बस्ने नबस्ने अहिलेसम्म एकिन भएको छैन। नेपाल समुह पनि अध्यक्ष ओलिले बोलाएको बैठकमा जाने नजाने बारे छलफल गर्न नेपाल पक्ष पनि छलफलमा जुटेका छन ।
सम्बन्धित समाचार यो पनि पढ्नुहोस ।
देउवाले आज प्रधानमन्त्रीको शपथ ग्रहण गर्दै, शपथ ग्रहणको कार्यक्रम साँझ ५ बजेको लागि तय