एजेन्सी, असार २६ ।
भारतकाे कानपुरमा केहि दिन अघि डिएसपि सहित ८ जना प्रहरीकाे गाेली हानि हत्या गर्ने याेजनाकार भनिएका ग्याङ स्टार विकास दुबेलाई प्रहरीले इन्काउन्टरमा शुक्रवार बिहानै मारेकाे छ । बिहिवार मध्यप्रदेशकाे महाकाल मन्दिरबाट पक्राउ गरिएका उनलाइ प्रहरी कस्टडिमा राखिएकाे थियाे । आज कानपुर लैजाने क्रममा एसटिएफकाे गाडि पल्टिएपछि घाइते भएका दुबेले प्रहरीकाे हतियार खाेसेर भाग्न खाेजेकाे आरोपमा प्रहरीले गाेली हानेर मारेकाे भारतीय सन्चारमाध्यमले जनाएका छन् ।
गाडि दुर्घटना हुँदा दुबेकाे टाउँकाेमा चाेट लागेकाे बताइएकाे छ । घाइते अवस्थामा नै हतियार खाेसेर भाग्न खाेजेकाे भन्दै प्रहरीले फायरिङ गरेकाे थियाे । त्यसपछि प्रहरीले अस्पताल लगेकाे पनि बताएकाे थियाे तर अस्पताल पुग्नु अगावै दुबेकेा मृत्यु भइसकेकेा भारतीय मिडियाले जनाएको छ ।
उनलाइ यसअघि नै प्रहरीले पटक पटक इन्काउन्टर गर्न खाेजेकेा बताइन्छ । दुबेलाइ इन्काउन्टर गर्ने नाममा अन्य पाँच जना साथीहरूलाइ इन्काउन्टर गरिसकेकाे र केहिलाइ पक्राउ गरिएकाे बताइएकाे छ । उनीबिरूद्व ६५ ओट मुद्वा दायर गरिएकाे छ ।भारतीय प्रहरीको मोस्ट वांटेड सूचीमा रहेका बिकास दुबे प्रहरीलाई छक्याउदई मध्यप्रदेशकाे महाकाल मन्दिर पुगेका थिए । मन्दिर दर्शन गर्ने क्रममा स्थानीय व्यापारीले शंका लागि नजिकैको प्रहरीलाई खबर गरेका थिए । उनलाई सोधपुछका लागि महाकाल मन्दिर परिसर नै प्रहरीले रोकेका थिए ।