पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी, ४६ जनाको मृत्यु

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  598 पटक हेरिएको

पाकिस्तान, कात्तिक, १४ । पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी हुँदा कम्तीमा ४६ जनाको मृत्यु भएको छ । ४२ जना घाइते भएका छन् ।

राजधानी कराँचीबाट रावलपिंडीतर्फ गइरहेको गइरहेको तेजगाम एक्स्प्रेसको रेलमा बिहीबार बिहान आगलागी भएको हो ।

पाकिस्तानी सञ्चार माध्यमहरूले सिलिन्डर विस्फोटका कारण आगलागी भएको जनाएका छन् । लियाकतपुरमा पुगेपछि भएको आगलागीमा रेलका ३ वटा डब्बा जलेका छन् । आगो नियन्त्रणमा आएकाले अन्य डिब्बा भने आगलागी हुनबाट जोगिएका छन् ।

घटनामा ४२ घाइते भएकामा उनीहरूको लियाकतपुरस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर भएकाले मृतकको संख्या थप बढ्न सक्ने पाकिस्तानको नेशनल टिभिले बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार