काठमांडौ, असार २५ ।
आजदेखि राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी खारेज भएका छन । जनता समाजवादी पार्टी (जसपा) लाई निर्वाचन आयोगले मान्यता दिएसँगै ती पार्टीहरु खारेज भएका हुन । बिहीबार जसपा दल दर्ता गर्ने निर्णय भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
संघीय संसदको तेस्रो र चौथो ठूलो दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकीकरण भएर जनता समाजवादी पार्टी बनेको हो । आयोगले प्रमाणपत्र लिन शुक्रबार बोलाएको पार्टीका एक नेताले जानकारी दिए ।
पछिल्लो समय राष्ट्र र राष्ट्रीयताको पक्षमा एक ढिक्का भएका मधेशसम्बद्द दल सबै क्षेत्र, भाषा र बर्गको प्रतिनिधित्व गर्दै जनता समाजबादी पार्टीमा रूपान्तरण भएको हो । संबिधान संशोधनको समयमा पार्टीको व्हिप नमानेको र राष्ट्रीयताको विरुद्ध बोलेको भन्दै सांसद सरिता गिरिलाई पार्टी सदस्यसमेत नरहने गरी पार्टी र सांसद पदबाट समेत निश्काषन गरेका छन ।