गोरखामा थप एक ब्यक्तिको कोरोना संक्रमणबाट निधन, मृत्यु हुनेको संख्या ३३ पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  508 पटक हेरिएको

गोरखा, असार २० ।   

नेपालमा थप एक जनाको कोरोना संक्रमणबाट गोरखा अस्पतालमा मृत्यु भएको छ । पालुङटार नगरपालिका९ ७ पुर्नेपिपलबाट शुक्रबार गोरखा अस्पतालको आइसोलेशनमा भर्ना हुन आएका संक्रमितको शनिबार बिहान साँढे पाँचबजे मृत्यु भएको गोरखा अस्पतालले जनाएको छ ।

कतारबाट गत मंगलबार पालुङ्टार आइपुगेका ४४ वर्षका उनी मधुमेह रोगका दीर्घरोगी रहेको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । कोरोनाको जटिल लक्षण देखिएपछि उनलाई जीवनज्योति माविको क्वारेण्टाइनबाट ल्याई शुक्रबार राति १० बजे गोरखा अस्पतालको आइसोलेशनमा भर्ना गरिएको थियो ।यो सँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३३ पुगेको छ । हिजो पनि काठमांडौको बानेश्वरका एक बृद्ध कोरोना संक्रमणका कारण निधन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार