राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिदैछ यो हामी सबैको एतिहासिल दिन हो :-प्रचण्ड

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  557 पटक हेरिएको

काठमाडौं, जेठ ३१ ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजतन्त्रले गुमाएको नेपाली भूमी गणतन्त्रले फिर्ता ल्याएको बताएका छन् । शनिबार प्रतिनिधिसभा बैठकमा संविधान संशोधन विधेयकमाथिको दफावार छलफलमा सहभागी हुँदै प्रचण्डले यस्तो बताएका हुन् ।

नयाँ नक्सासहितको संविधान संशोधन विधेयकमाथि भएको छलफलमा बोल्दै प्रचण्डले भने, ‘गणतन्त्रमा हामी राजतन्त्रले गुमाएको भूमि फिर्ता लिने अवस्थामा आइपुग्यौैँ ।’ प्रचण्डले यो ऐतिहासिक जित भएको उल्लेख गरे ।

उनले नेपाल गणतन्त्र र लोकतन्त्रसँगै संघीयता र समावेशीताको नयाँ युगमा प्रवेश गरेको प्रष्ट पारे । उनले राष्ट्रिय एकताको पक्षमा यो अभूतपूर्व सहकार्य भएको भन्दै प्रचण्डले यसमा साथ दिने राजनीतिक दल र सबैलाई धन्यवाद दिए । उनले यो सबैको सामुहिक विवेकको प्रतिफल भएको प्रष्ट पारे । उनले यो व्यक्ति विशेषले गरेर मात्र नहुने विषय भएकाले यो सामूहिक सफलता भएको प्रष्ट पारे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार