प्रतिनिधि सभा विघटनका मुद्दा हेर्दाहेर्दैमा, संवैधानिक इजलासका न्यायाधीशबारे निर्णय भोलि हुने

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  94 पटक हेरिएको

काठमाण्डौँ, जेठ १६ ।

पुनस्र्थापित संसद पुन बिघटन भएपछि बिपक्षी सांसदहरु सहित १९ रिट परेको थियो । प्रधानमन्त्रि र राष्ट्रपतिले प्रधानमन्त्रिमा पेश भएको भएका उम्मेद्धारहरुलाई संसदमा मतदान नै नगरी आफुखुसी संसद बिघटन गरी बिपक्षी लगायतले असंबैधानिक भन्दै रिट निबेदन पेश गरेको थियो । प्रतिनिधि सभा विघटनबारे परेका मुद्दा भोलि ९सोमबार० पनि संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ। आइतबारको बहसमा ती मुद्दाहरूको प्रथम सुनुवाइ नसकिएकाले मंगलबार फेरि सुनुवाइ हुने गरी हेर्दाहेर्दैमा राखिएको छ ।

आजको इजलासमा रिट निवेदकका अधिवक्ताले संवैधानिक इजलासमा न्यायाधीशहरू बमकुमार श्रेष्ठ र तेजबहादुर केसी बस्न नहुने भन्दै आपत्ति जनाएका थिए। यही विषयमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र वरिष्ठ अधिवक्ताहरूबीच सवाल जवाफ नै नभएको जनाएको छ ।

सर्वोच्च अदालत प्रशासन स्रोतले न्यायाधीशद्वय श्रेष्ठ र केसी संवैधानिक इजलासमा बस्ने कि नबस्ने भन्नेबारे भोलि निर्णय हुने र त्यसपछि मुद्दाको सुनुवाइ क्रमबद्ध रुपमा हुने बताएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार