काठमाण्डौँ, जेठ १४ ।
सामाजिक संजालमा आफ्ना स्पष्ट बिचार राख्दै आउनु भएका कृषि बिज्ञ निलकण्ठ शर्माले भारत प्रधानमन्त्री ओली मार्फत नेपालको राष्ट्रहितको विपक्षमा कामहरु गराउन सामन्त गोयल सफल भएको र उनको कार्यकालको म्याद थप भएको जनाएको छ । नेपालमा संबिधान निर्माण, त्यसको घोषणाकालबाट नै नेपालको संबिधानको बिरोध गर्दै आईरहेको भारत अन्तत ओलि कै कारण सफल भएको भताउदै सामाजिक संजालमा आफ्नो बिचार उल्लेख गर्नुभएका छन । नेपालको लोकतान्त्रिक गणतन्त्रात्मक संरचनाको तिखो रुपमा बिरोध गर्दै आईरहेका प्रधानमन्त्रि नै भारतको मतियार बनेको उनको तर्क रहेको छ । कृषि बिज्ञ निलकण्ठ शर्माले सामाजिक संजालमा लेखेका बिचारलाई हामीले तल साभार गरेका छौँ ।
भारतले ओलिमार्फत के–के अबिष्ट पुरा गरे (ती कामहरु),
१. नेकपा र एमाले फुटाउन,
किनकि भारतलाई नेपालमा शक्तिशाली कम्युनिष्ट पार्टी मन परेको थिएन । शक्तिशाली कम्युनिष्ट पार्टी भए घुमाइ फिराइ चीनको पकड हुन्छ भन्ने भारतीय बिश्वास छ ।
२. संविधान कमजोर बनाउन,
किनकि उसले संविधान जारी गर्दा नै बिरोध जनाएको थियो । यो संविधान आफू अनुकुल संसोधन गर्नु उसको चाहना छ । त्यो क्रमशः पुरा हुदैछ । यो खेल नागरिकता सम्बन्धि अध्यादेशबाट सुरु भैसकेको छ ।
३. नेपालमा अस्थिरता सृजना गराउन,
किनकि उसले नेपालमा अस्थिरता नबनाए सम्म जलस्रोत लगायतका साधन श्रोतमा पकड जमाउन सक्दैन । सिमा अतिक्रमण गर्न सक्दैन, सिमानामा बाध र सडक बनाउन पाइदैन, कालापानीको विवाद चलिरहन्छ । अस्थिरता बढ्दै गएमा मधेसी मुलका नेपालीहरुलाई अल्पसंख्यक बनाउने गरेर भारतीयहरुलाई नागरिकता दिन सजिलो हुन्छ । जसरी हुन्छ अस्थिरता हुनुपर्ने भारतीय इच्छा पुरा हुदैछ ।
४. पद्धति कमजोर बनाउन,
किनकि प्रधानमन्त्री ओलीलाई साथ दिएर जति बलियो बनाए पनि त्यो क्षणिक नै हो । उनी व्यक्ति हुन, समग्र पद्धति नै लथालिङ्ग भएपछि, उनलाई त जतिबेला पनि किनारा लगाउन सकिन्छ । भारतले यो प्रष्ट बुझेको छ । यही अनुसार काम गर्दैछ ।
५. प्रतिनिधि सभा विघटन गराउन,
संविधान कमजोर बनाउन, अस्थिरता सृजना गर्न र पद्धति कमजोर बनाउनको लागि प्रतिनिधि सभा विघटन गर्न जरुरी नै थियो । यो अघिल्लो पटक पनि भयो । अहिले पनि भएको छ । यसको लागि त ओली भन्दा अर्को पात्रले भुमिका निर्वाह गर्ने संभावना नै भएन र थिएन पनि १
६. पात्रको छनोट गर्न,
राजेन्द्र महतो नाकाबन्दीमा नेतृत्व गर्ने पात्र हुन ओली त्यै नाकाबन्दीको विरुद्धमा बोलेर ठुलो राष्ट्रवादीको पहिचान स्थापना गरेका व्यक्ति हुन । गत चुनावमा सर्लाहीबाट पराजित हुने महतोलाई ओलीले नै धनुषामा लगेर चुनाव जिताएका हुन । यि दुईजनाको सम्बन्ध अत्यन्तै हार्दिक छ, आत्मीय छ । कहिलेकाही बाहिर जे भने पनि भित्र एकाअर्कालाई घात गर्दैनन् । यी दुइटामा फरक के छ भने ओलीले ूरू का प्रमुख र प्रतिनिधिलाई राती लुकेर भेट्छन, महतोले हाकाहाकी !
प्रथम राष्ट्रपति हुने अवसर गुमाएका पुर्ब कांग्रेस नेता महन्थ ठाकुर त ओली प्रती कति नरम छन भने अन्य राजनीति दलले प्रधानमन्त्री तिमी हौ भन्दा पनि ओली नै हुनुपर्छ भनेर त्याग गर्दछन ।
यो त्याग उनको रहर भन्दा पनि बाध्यता हो ।
किनकि उनलाई त्यै जिम्मेवारी किटान गरिएको छ ।
कसैलाई तितो लागे पनि सत्यतथ्य कुरा यिनै हुन ।
करेलो जस्तो मानेर स्वीकार गरिदिनु होला !
आगामी दिनहरु अझै जटिल आउन सक्छन ।
सचेत, विवेकशील र सक्कली राष्ट्रवादी नागरिकहरुले खबरदारी गरिरहन पर्छ है ।