नया नक्सा कार्यान्वयनको लागि संबिधान संशोधन संगै निसान छाप पनि परिवर्तन गर्ने सरकारको निर्णय

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  735 पटक हेरिएको

vision-online-advertise

काठमाडौं, जेठ ९ ।

सरकारले नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधान संशोधन गर्ने निर्णय गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संविधानमा भएको निसान छाप सच्याउनको लागि संविधान संशोधनको प्रस्ताव संसदमा पेस गर्ने निर्णय गरेको हो।

बैठकले संविधानको अनुसूची ३ मा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव लैजाने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । बैठकले जेठ १३ मा संसद बस्नु अगावै संशोधन दर्ता गर्ने निर्णय गरेको छ । अब नेपालको निशान छापमा पनि सरकारले बुधबार जारी गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा हुनेछ ।

अहिलेको संविधानमा रहेको निशासन छापमा रहेका नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समावेश छैन। सरकारले भारतले अतिक्रमण गरेको उक्त क्षेत्र समेटर बुधबार नेपालको नयाँ नक्सा जारी गरेको थियो ।

संविधानको निशान छापमै नक्सा परिवर्तन गरिएपछि नेपालभरिका सरकारी कार्यालयका लेटर प्याड, बेवसाइड परिवर्तन गर्नु पर्ने छ । यो संविधान संशोधनको प्रस्ताव प्रतिनिधिसभाको दुई तिहाइ बहुमतबाट पारित हुनुपर्छ ।

यस्तै बैठकमा विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउनेबारे छलफल भएको भए पनि कुनै निर्णय भने हुन सकेन । सरकारले बनाएको कोभिड टास्क फोर्सले विस्तृत प्रतिवेदन दिएपछि त्यसबारे निर्णय गर्ने ती मन्त्रीले बताएका छन् ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार