काठमाडौं, बैशाख ३० ।
काठमाडौं र भक्तपुरमा तीन जनासहित थप २६ जनामा कोरोना संक्रमण भेटिएको छ । यससँगै एकैदिन ८३ जना संक्रमित थपिएका छन् । मंगलबार राति सवा १० बजे स्वास्थ्य मन्त्रालयद्वारा जारी बिज्ञप्ति अनुसार भक्तपुर २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । यस्तै काठमाडौंमा ३३ वर्षीया महिलाको रिपोर्ट पनि पोजेटिभ आएको छ ।
यस्तै महोत्तरीमा १६ र ३५ वर्षीय पुरुष तथा धनुषामा २० वर्षीया महिला र ४० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी बिज्ञप्ति